Close This

सर्लाही ट्राफिकद्धारा आव २०७६÷०७७ मा करिब डेढ करोड राजश्व संकलन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-८ गते   ७४८ पटक हेरिएको

जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीले आर्थिक वर्ष २०७६÷०७७ मा १ करोड ३३ लाख ७७ हजार ५ सय राजश्व संकलन गरेको छ ।  आर्थिक वर्ष २०७६÷०७७ मा १ सय ८४ वटा दुर्घटनामा ४६ जनाको मृत्यु र १ सय ३५ जना सामान्य तथा गंभिर घाईते भएका छन भने १ करोड ३३ लाख ७७ हजार ५ सय राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक सुर्य नारायण यादवले जानकारी दिनु भयो ।
आर्थिक वर्ष २०७६÷०७७ को साउनमा १० वटा दुर्घटनामा ८ जनाको मृत्यु र ६ जना घाईते भएका छन भने  १४ लाख २५ हजार राजश्व संकलन भएको थियो । भदौमा ३ वटा दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने  १४ लाख ९२ हजार ५ सय राजश्व संकलन भएको हो । असोजमा ५ वटा दुर्घटनामा २ जनाको ज्यान गएको छ भने ३ जना घाईते भएका छन भने ९ लाख ७२ हजार राजश्व संकलन भएको छ । कार्तिकमा १३ वटा दुर्घटना हुँदा ७ जनाको ज्यान गएको र १० जना घाईते भएका छन र ९ लाख ९४ हजार ५ सय राजश्व संकलन भएको छ । मंसिरमा ७ वटा दुर्घटना हुँदा ३ जनाको मृत्यु र ८ जना घाईते भएका र १० लाख ८७ हजार राजश्व संकलन भएको छ ।
पौषमा ४ वटा दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने ४ जना घाईते भएका र  १३ लाख ४० हजार राजश्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । माघमा १२ वटा दुर्घटना भएकामा ७ जनाको ज्यान गएको छ भने ५ जना घाईते भएका साथै १५ लाख ३१ हजार ५ सय राजश्व संकलन भएको छ ।
त्यसैगरी फागुनमा २१ वटा दुर्घटना हुँदा ३ जनाको ज्यान गएको र ४ जना घाईते भएका छन । १५ लाख ७० हजार ५ सय राजश्व संकलन भएको छ । साथै चैत्रमा १० वटा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको र २ जना घाईते भएका हुन । भने ७ लाख २७ हजार ५ सय राजश्व संकलन भएको छ ।
बैशाखमा १८ वटा दुर्घटना भएकामा १८ जना नै घाईते भएका छन ।  ४ लाख ११ हजार ५ सय  राजश्व संकलन गरेको छ । भने जेठमा २५ वटा वटा दुर्घटना १ जनाको मृत्यु र २४ जना घाईते भएका र ७ लाख ९३ हजार राजश्व संकलन गरेको ट्राफिक प्रहरीले जनाएको छ । असारमा ५६ वटा दुर्घटनामा ५ जनाको मृत्यु र ५१ जना घाईते भएका छन भने १० लाख ५५ हजार राजश्व संकलन भएको छ ।
आर्थिक वर्ष २०७६÷०७७ मा २० हजार १ सय १५ वटा साना तथा ठुला सवारी साधनलाई कार्वाही गरि १ करोड ३३ लाख ७७ हजार ५ सय राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । 
दुर्घटनामा मोटरसाईकल र जिप÷कार बढी रहेका छन भने कतिपय सामान्य सवारी दुर्घटनाहरु एक आपसमा मिलेर गएका जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । आर्थिक वर्ष  २०७५÷०७६ मा १ करोड ९२ लाख ६४ हजार  राजश्व संकलन भएको थियो भने आर्थिक वर्ष  २०७४÷०७५ मा १ करोड ९३ लाख १२ हजार ५ सय राजश्व संकलन भएको थियो ।
लक डाउनका घोषणा गरिएको भएपनि राजश्व संकलन तथा कार्बाही दुर्घटना बढेका ट्राफिक प्रहरीले जनाएको छ । गत आर्थिक वर्षहरुको तुलनामा राजश्व संकलन कम रहेको भएका पनि ४ महिना लक डाउन हुँदा समेत यति धेरै राजश्व संकलन हुनु खुसीको कुरा भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक सुर्य नारायण यादवले बताउनु भयो । भने ट्राफिक प्रहरीको सक्रियताका कारण यति परिमाणमा राजश्व संकलन भएको ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक यादवले बताउनु भयो ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech