Close This

सव–इन्जिनियर ८० हजार घुससहित अख्तियारको फन्दामा

पत्र पत्रिका    प्रकाशित: २०७७-४-४ गते   ५३४ पटक हेरिएको

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बाराको कलैयामा कार्यरत सव–इन्जिनियर गजेन्द्र प्रसाद जैसवाललाई ८० हजार रुपैयाँ घुससहित पक्राउ गरेका छन् । 

नदी तटबन्धको जाली लगाउने कार्य सम्पन्न पश्चात रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा हेटौंडाबाट खटिएको आयोगको टोलीले उनलाई पक्राउ गरेकाे हो ।

अख्तियारको टोली देखेपछि उनले नजिकै रहेका चन्दन जैसवाललाई दिई भाग्न खोज्दा दुबैजनालाई सो रकमसहित कलैया नगरपालिका ४ बाट नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech