पूर्व जनमुक्ति सेना संघ सर्लाहीको अध्यक्षमा पुन : बोहरा

475 Shares

नेकपा(माओवादी केन्द्र)निकट पूर्व जनमुक्ति सेना संघ नेपाल सर्लाहीको अध्यक्षमा पुन टंक बहादुर बोहरा (शितल) चयन भएका छन्।सर्लाहीको लालबन्दी नगरपालिका १७ रानिगञ्ज स्थित वडा कार्यालयको सभाहलमा सम्पन्न तेस्रो भेलाले संघको अध्यक्षमा पुनःबोहरालाई नै चयन गरेको हो । 
लालबन्दी नगरपालिका १७ रानिगञ्ज  स्थित वडा कार्यालयको सभाहलमा सम्पन्न तेस्रो भेलाले बोहराको नेतृत्वमा ५० सदस्य समिति सर्वसम्मत चयन गरेको हो ।संघको उपाध्यक्षमा कमल माया लङ्गेली मगर र राम ईश्वर चौधरी,सचिवमा पूर्ण राज थापा मगर,सह सचिवमा रमेश लामा, कोषाध्यक्षमा सुनमाया स्याङ्तान र अन्य सदस्यहरु चयन भएका संघले जनाएको छ।भेलाले जिल्ला भरी रहेका घाइते जनमुक्ति सेना, सहिद परिवार,घाइते तथा बेपत्ता र द्धन्द्ध पीडित परिवार लगायतको अभिलेखीकरण गर्ने निर्णय समेत गरेको संघका अध्यक्ष बोहराले जानकारी दिए ।
भेलमा पूर्व जनमुक्ति सेनाका केशव प्रसाद दाहाल(सविन),मोहन लाल श्रेष्ठ(सन्देश),हेमलाल देवकोटा(संजय),अरुण बराइली(समिर) र टिका बहादुर दर्लामी(बिकल्प) लगायतको आतिथ्यता रहेको थियो ।पछिल्लो राजनीतिक घटना क्रमसंग माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड)को सुरक्षा व्यावस्थाका साथै अग्रगामी शत्तिहरु तथा टुटेफुटेका जनमुक्ति सेनाहरुलाई केन्द्रीकृत गर्नै कसरी अगाडि बढ्ने विषयमा समेत छलफल भएको छ ।

सम्बन्धित समाचार