पत्रकार महासंघ सर्लाहीको अध्यक्षमा ठाकुर तीन वर्षे कार्यकालका निर्वाचित

518 Shares

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सर्लाहीको २७ औँ अध्यक्षमा ओम प्रकाश ठाकुर निर्वाचित भएका छन्।महासंघको २७ औँ महाधिवेशन अन्तर्गत शुक्रबार भएको मतदान प्रक्रियाबाट ४६ मत प्राप्त गरी तीन वर्षे कार्यकालका लागि ठाकुर अध्यक्षमा निर्वाचित भएका हुन् । ठाकुरका प्रतिस्पर्धी रामगोविन्द यादवले १४ मत प्राप्त गरेका छन् ।
यस्तै महासंघ जिल्ला शाखाको उपाध्यक्षमा मुकेश झा ४२ मत प्राप्त गरी बिजयी हुँदा अर्का उम्मेदवार मनोजकुमार यादवले १७ मत प्राप्त गरेका छन्।यस्तै महिला उपाध्यक्षमा बन्दना झा ३२ मत ल्याएर बिजयी हुँदा प्रतिद्वन्द्वी मिरा रानीले २४ मत प्राप्त गरेकी छन् ।
त्यस्तै सचिवमा सोम दियाली ३३ मत प्राप्त गरी बिजयी हुँदा प्रतिस्पर्धी सिंहबहादुर थापा (श्रवण) ले १४ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।कोषाध्यक्षमा घनश्याम सिंह ३२ मत प्राप्त गरी निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी कोषाध्यक्षका अर्का उम्मेदवार घनश्याम बलम्पाकी मगरले २७ मत प्राप्त गरेका छन् ।महासंघको केन्द्रीय परिषद् सदस्यमा सत्य प्रकाश यादव ३१ मत ल्याई बिजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी शंकर श्रेष्ठले २९ मत प्राप्त गरेका छन् ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सर्लाही सहित प्रदेश र केन्द्रिय कार्य समितिका लागि रेडक्रस भवन हरिपुरबाटै जिल्लाका पत्रकारहरुले मत खसालेका थिए।महासंघको जिल्ला शाखामा यसअघि नै सह–सचिवमा जनार्जन खत्री,समावेशी सह–सचिवमा लक्ष्मण राय यादव, जिल्ला सदस्य (खुल्ला) तर्फ अमलेश कुमार शर्मा र राधेश्याम कुशवाहा,आदिवासी जनजाति सदस्यमा रीना आले मगर,मधेशी सदस्यमा निरज कुमार यादव,दलित सदस्यमा बुद्ध बहादुर विश्वकर्मा,महिला सदस्यमा मनिषा कुमारी कुशवाहा र अन्य समावेशी सदस्यमा बच्चेलाल पण्डित निर्वाचित भएका थिए।केन्द्रीय परिषद् महिला सदस्यमा पुस्तिका केसी र प्रदेश परिषद् सदस्यमा प्रकाश मैनाली निर्विरोध भएका थिए ।
सर्लाहीबाट नेपाल पत्रकार महासंघमा सदस्य रहेका ६२ जना सदस्यहरु मध्ये ६० जना सदस्यहरुले मतदान गरेको थिए ।सर्लाही सहित देशैभरीका ७७ वटै जिल्लाहरुका साथै सबै प्रदेश र केन्द्री पदाधिकारी एवम कार्यासमितिका लागि शुक्रबार एकैसाथ मतदान भएको थियो । 

सम्बन्धित समाचार