अध्यादेश ल्याउने पहिलै थाहा थियो, प्रधानमन्त्री ओलिको पार्टी फुटाउने तयारी हो : नेता गजुरेल

2.4k Shares

 पूर्वमाओवादी समूहका नेता हरिबोल गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने तयारी स्वरूप अध्यादेश ल्याएको बताएका छन् ।कमलामाई खबरसँग सङ्क्षिप्त कुराकानी गर्दै गजुरलले भने, “पार्टी फुटाउने तयारी हो । त्यसैका लागि ल्याइएको हो । यसमा द्विविधा हुनुपर्ने कुनै कारण छैन ।”

अन्यथा, अहिले अध्यादेश ल्याउनुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ । “हैन भने अहिले अध्यादेश ल्याउनुपर्ने कुनै कारण छैन,” उनले थपे ।२०७५ जेठ ३ गते एकता भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद पछिल्लो समय उत्कर्षमै रहेको उनले बताए । दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीच भेटघाटसमेत पातलिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति पूर्वमाओवादी केन्द्रको विमति रहँदै आएको उनले बताए ।“सबैले देखेकै छ नि, विवाद उत्कर्षमै थियो । लिलामणि पौडेललाई फिर्ता बोलाएको कारण के हो ? उनलाई फिर्ता बोलाउनु विवाद उत्कर्षमा पुगेको सङ्केत होइन ?,” उनले प्रश्न गरे ।

चीनलागि पूर्वराजदूत लिलामणि पौडेललाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको थियो । उनको ठाउँमा महेन्द्र पाण्डे राजदूत नियुक्त भइसकेका छन् ।

“लिलामणि पौडेललाई फिर्ता बोलाउनुपर्ने कुनै कारण थिएन । उनले राम्रो काम गरिरहेका थिए । तर प्रधानमन्त्रीले फिर्ता बोलाए,” उनले भने, “लिलामणिले राष्ट्रपति, प्रधानमन्त्रीको भ्रमण गराए । दुई देशबीच पारवहन सम्झौता भयो । चिनियाँ राष्ट्रपति सि चिनफिङ नेपाल आउने वातावरण मिलाए । कुनै राजदूतले गर्न सकेका थिए ?”

तर प्रधानमन्त्री ओलीले ६ महिना बाँकी हुँदा फिर्ता बोलाएर रिस फेरेको उनको आक्रोश थियो ।“प्रधानमन्त्रीले अध्यादेश ल्याएर पार्टी फुटाउने तयारी गरिरहेका छन् भनेर हामीलाई पहिलै थाहा थियो,” उनले खुलासा गरे ।

उनका अनुसार पूर्वमाओवादी तर्फमा मन्त्रीहरू क्याबिनेट बैठक पनि छुट्टै बैठक बसेका थिए । ऊर्जामन्त्री वर्षमान पुन सन्देश लिएर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेको उनले बताए ।

सम्बन्धित समाचार