Close This

काठमाडौंका अस्पतालमा ३५ हजारमा अप्रेशन डेलिभरी गरेछ भने म मेरो ‘डिग्री’ च्यातेर फालिदिन्छु’ःडा.न्यौपाने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-२६ गते   ३०३ पटक हेरिएको

सिन्धुलीको गोलन्जोर ७ खुर्काेटको शुभजीवन हस्पिटल प्रा।लीका संचालक डा.राजन न्यौपानेले कोरोना भाइरसको संक्रमणबाट हालका दिनसम्म एकजना पनि बिरामी उपचार गर्नु नपरेकोमा भगवानलाई धन्यवाद् दिनु भएको छ । निजी अस्पताल संचालकहरु सबैले राज्यसँग कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्न सहकार्य नगरेको भन्ने कुरा तथ्यहीन भएको उहाँले बताउनु भयो ।

कमलामाई खबरसंग कुराकानी गर्दै डा. न्यौपानेले भन्नु भयो, ‘जसरी हातका औंलाहरु बराबर छैनन्, त्यसैगरी सबै निजी अस्पताल संचालकहरु पनि सबै उस्तै हुँदैनन् । राज्यले जब देशमा कोरोना भाइरसको संक्रमणबाट बच्न क्वारेन्टाइन र आइसोलेशन वार्ड बनाउन थाल्यो, तब हामी निजी क्षेत्रका अस्पतालहरुले पनि सरकारको सो कार्यलाई समर्थन गरी यस अस्पतालमा आइसोलेसन वार्ड बनाएका छौं । अरुले के गरे, के गरेन् मैले भन्नु भन्दा पनि मैले आवश्यक पूर्व तयारी गरेको छु ।’

राज्यले निजी स्वास्थ्य संस्थाहरुलाई सजिलो वातावरण नबनाई आफूहरुसँग सहकार्य नगरको भन्ने आरोप लगाउने गरेको पाईएको डा.न्यौपानले बताउनु भयो ।  राज्यले लगाएका आरोपहरु सबै गलत भएको र कम्तिमा कोरोना भाइरससँग प्रतिरोध गर्ने सामग्री जस्तै पिपिई, थर्मगन, आरडिटी टेष्टकिट् लगायतका सामाग्रीहरु सुपथ मूल्यमा सरकारले उपलब्ध गराउनु पर्ने धारणा उहाँको छ । जति रकम चाहिने हो, उचित रकम हामी निजी स्वास्थ्य क्षेत्र संचालकहरु तिर्न तयार छौं तर कोरोना प्रतिरोधी आवश्यक सामग्री हामीलाई सरकारले उपलब्ध गराउनु पर्छ ।
‘मेरो विचारमा आजको सन्दर्भमा लकडाउन लम्ब्याउनुको विकल्प छैन । यदि लकडाउन लम्ब्याउन सकिएन भने स्थिति झन भयावह हुने प्रष्ट देखिन्छ । तर त्यो सँगसँगै परीक्षणको दायरालाई पनि निकै फराकिलो बनाएर लैजानु पर्छ । बाटोमा हिँड्ने हरेक मान्छेको पिसिआर टेष्ट गराइयो भने यसको नियन्त्रणमा सहजता आउँछ । के नेपाल सरकारसँग पैसाको अभाव हो ? मलाई लाग्छ, सरकारी स्तरमा सही र उपयुक्त समयमा उपयुक्त सल्लाहदिने सल्लाहकारको कमी छ ?

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech