Close This

सर्लाही सहित देशैभर विश्वकर्मा पुजा विविध कार्यक्रमका गरि मनाइँदै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-१ गते   ७४ पटक हेरिएको

सर्लाही लगायत देशैभर आज(शुक्रबार) विश्वकर्मा भगवानको पूजा आराधना गरी मनाईदै छ । जिल्लाको लालबन्दी, हरिवन, बयलवास, बरहथवा र मलंगवा लगायत क्षेत्रका उद्योग कलकारखानामा विश्वकर्मा भगवानको प्रतिमा तथा तस्वीरमा विधि पूर्वक पूजा आराधना गरी यो पर्व मनाईदै छ ।
आज अर्थात असोज १ गते कादिन उद्योग कलकारखानालाई विशेषरूपमा सजाएर मालिक र मजदुरको सहभागीतामा यो पर्व हरेक वर्ष मनाउनेगरिएको छ । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास रहेको छ ।
एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि विश्वकर्माको सम्झनामा पूजाआजा गर्ने परम्परा रहेको छ ।
प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ ।
आजको दिन औजारहरुको पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने विश्वासका साथ कालिगड तथा औद्योगिक मजदुरहरुले आफुले प्रयोगमा ल्याउने औजारको पूजा आराधना गर्ने गर्दछन् । आज पूजा गरिएको माटोबाट बनाइएको विश्वकर्माको मूर्ति जिल्लाको बागमती,कालिन्जो,फूल्जोर, झिम लगायतका नदीमा लगेर विसर्जन गर्नेे गरिन्छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech