बरहथवा १५ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु चार घाईते

115 Shares

सर्लाहीको बरहथवा नगरपालिका १५, हरपूर्वामा गहुँको भुसा बोकेको ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा अन्य चार जना घाइते भएका प्रहरीले जनाएको छ ।सोमबार राती करिब १० बजे बरहथवा नगरपालिका १५, हरपूर्वामा खेतबाट गहुँको भुसा लोड गरेर पिप्राभित्तातर्फ जाँउँदै गरेको अनटेष्ट ट्याक्टर नहरको बाटोमा अनियन्त्रित भई पल्टीएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
 प्रहरीका अनुसार पल्टीँदा बरहथवा नगरपालिका ६, बस्ने अन्दाजी वर्ष १७ का राजकुमार सिंहको मृत्यु भएको साथै ट्याक्टर चालक तथा ट्याक्टरका धनी अन्दाजी वर्ष ४० का रामअवतार सिंह राय,उनकी पत्नी अन्दाजी वर्ष ४२ की शान्ति देवी,उनीका छोरा अन्दजाी वर्ष १२ का बब्लुकुमार सिंह र बरहथवा नगरपालिका ५ का अन्दाजी वर्ष ५० का प्रमोद सिंह घाइते भएका छन् ।घाइते चारै जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्जतर्फ पठाइएको प्रहरीले जनाएको छ।दुर्घटनामा संग्लग्न ट्याक्टर प्रहरी चौकी हीरापुरको नियन्त्रणमा रहेको छ ।

सम्बन्धित समाचार