पुर्व पश्चीम राजमार्ग अन्र्तगत सर्लाहीको इश्वरपुर नगरपालिका १२ स्थित अमुवा खोल्सी पुलमा सवारी दुर्घटना हुँदा चार जना घाईते भएका छन् ।पुर्व पश्चीम राजमार्ग अन्र्तगत ईश्वरपुर नगरपालिका १२ स्थित अमुवा पूलमा दुई वटा बस र एउटा ट्रक एक आपसमा ठक्कर खाँदा चार जना घाईते भएका जिल्ला प्रहरी कार्यालय मलंगवा सार्लहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार जनकपुरबाट बिरगंज तर्फ आउँँदै गरेको ना ७ ख ८६३१ नम्बरको बसलाई सोही दिशाबाट आउँदै गरेको ना ६ ख १८७७ नम्बरको बसले पछाडीबाट ठक्कर आफ्नै साईडमा रोकि राखेको लु १ ख ८६७० नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिएको हो ।
तीन वटै सवारी दुर्घट्ना हुदाँ ना ७ ख ८६३१ नम्बरको बसमा सवार महोत्तरीको महोत्तरी गाउँपालिका ३ का अन्दाजी वर्ष ४० का सिधु कुमार मिश्र,सोही बसका चालक धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ का अन्दाजी वर्ष २६ का शंकर साह लहेरी,ना ६ ख १८७७ नंम्बरको बसमा महोत्तरी जलेश्वर नगरपालिका ४ सुगाभवानिपट्टी टोलकी अन्दाजी बर्ष ४८ की रेणु देवी कर्ण र निजकै छोरा अंन्दाजी बर्ष २० का बिधान्शु कर्ण घाईते भएका छन् ।
घाईतेहरु मिश्र र दहेरीको लालबन्दीमा उपचार भई रहेको छ भने रेणुदेवी र बिधान्शुको वीरगन्जमा उपचार भई रहेको सर्लाही प्रहरीले जनाएको छ।दुर्घटनामा संग्लग्न सवारी साधनहरु र चालकहरु प्रहरीको नियन्त्रणमा रहेका छन्।जनकपुर देखि वीरगन्ज,वीरगन्जदेखि विराटनगर सञ्चालन हुने यात्रु बाहक सवारी साधनहरु अस्वच्छ प्रतिष्पर्धामा दौडिने गरेका भएपनि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय मधेश प्रदेश मौन देखिएको छ ।विभिन्न समयमा पर्सादेखि सप्तरी,सुनसरी र मोरङ सम्मका यात्रुहरुले यस क्षेत्रमा सञ्चालन हुने यात्रु बाहक सवारी साधनहरुको अस्वच्छ प्रतिष्पर्धाका कारण यात्रुहरुले अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता रहेको भन्दै ट्राफिक प्रहरीलाई जानकारी गराएको भएपनि ट्राफिक प्रहरी मौनहुँदा अस्वच्छ प्रतिष्पर्धा गर्ने यातायात व्यावसायीहरुको मनोबल झन बढेको जानकारीहरु बताउ छन् ।