Close This

शुक्रबार बिहान ३० जनाका कोरोना संक्रमण,संक्रमितको संख्या ४८७

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-८ गते   ३३७ पटक हेरिएको

शुक्रबार बिहान नेपालमा थप ३० जनामा कोरोना भाईरस संक्रमित थपिएका छन । राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला काठमाण्डौँ र भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएको चाकजाँचमा ३० जना नयाँ संक्रमित देखिएका हुन । 


शुक्रबार बिहान संक्रमित पुष्टि भएकाहरुमा नवलपरासी बर्दघाट सुस्ता पुर्वको विनय त्रिवेणी गाउँपालिका ६ का ४५ वर्षिय पुरुष,भरतपुर महानगरपालिका ६  केसरबाघका ७४ वर्षिय पुरुष र ७३ वर्षिय महिला,नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३ र १८ का ३३ र ३५ वािर्षय पुरुष र १५ वर्षिय किशोरी रहेका छन । त्यसैगरी कपिलवस्तुको बाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका २४ देखि ५३ वर्षिय पुरुष र ८ वर्षिय बालिका रहेका स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीद्धारा जारी गरिएको विज्ञाप्तीमा उल्लेख गरिउको छ ।
त्यसैगरी सर्लाहीको गोडैता नगरपालिका ८,९,११,१३ र १४ को साथै रामनगर बहुअर्वा गाउँपालिका ७ का २२ देखि ३९ वर्षिय गरी १४ जना पुरुषहरु र १८ वर्षिय किाशोरी गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । सर्लाहीको विषयमा पुष्टि गर्न सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech