सर्लाहीकाे हरिपुर नगरपालिका ४ बाट प्रहरीले अन्दाजी २५ किलाे प्रतिवन्धित लागू औषध गाँजा सहित १ जनालाई नियन्त्रणमा लिएको छ । हरिपुर नगरपालिका ४ मा जयनाथ महतोको घरमा लुकाई छिपाई राखिएको अवस्थामा प्रतिवन्धित लागू औषध गाँजा २५ किलाे र महतमेकी श्रीमती अन्दाजी बर्ष २८ की रुन्चि देवी महतोलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
उनका अनुसार रुन्चिदेवीकाे घरमा प्रतिवन्धित लागू औषध गाँजा लुकाई छिपाई राखिएकाे भन्ने विशेष सुचनाकाे आधारमा पुगेकाे प्रहरीको टाेलीले घरधनी रुन्चिदेवी सहित २५ किलाे प्रतिवन्धित लागू औषध गाँजा र डिजिटल तराजु बरामद् गरेकाे हाे ।
नियन्त्रणमा लिएको प्रतिवन्धित लागू औषध गाँजा सहित तराजु र मानिसलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखेर थप अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएको छ ।