गठबन्धनले सर्लाहीमा ठुला दललाई असर,उम्मेदवारी न्युन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-१५ गते   ११७७ पटक हेरिएको

मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभाका लागि सर्लाहीका ४ वटा प्रतिनिधि सभा र ८ वटा प्रदेश सभामा २ सय २ जना चुनावी मैदानमा उत्रिएका छन् । जिल्लाका ४ वटा प्रतिनिधि सभाका लागि ६९ जना र प्रदेश सभाका लागि १ सय ३३ जना प्रत्यक्ष तर्फ चुनावी मैदानमा उत्रिएका हुन ।
जसमा प्रतिनिधि सभातर्फ ३५ जना र प्रदेश सभा तर्फ ७४ जनाले गरि १ सय ९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । भने प्रतिनिधि सभातर्फ ३४ जना र प्रदेश सभा तर्फ ५९ ले गरि ९३ जनाले विभिन्न राजनैतिक दलबाट उम्मेदवारी दिएका छन् ।
जिल्लाका ४ प्रतिनिधि सभाबाट ४ जना चयन हुनका लागि ६९ जना,८ वटा प्रदेश सभाबाट ८ जना प्रत्यक्ष चयन हुनका लागि  १ सय ३३ जनाले उम्मेदवारी दिएका जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकृत निर्मल पोख्रेलले बताउनु भयो । उहाँका अनुसार क्षेत्र नम्बर १ मा १ जना र १(क)मा १ र ४(ख)मा १ जना गरि ३ जना प्रत्यक्ष निर्वाचिन हुन ५७ जनाको उम्मेदवारी परेको छ । जसमा ३२ जनाको स्वतन्त्र र २५ जनाको विभिन्न राजनैतिक दलबाट उम्मेदवारी परेको हो ।
जिल्लाको सबै भन्दा धेरै ४ नम्बर क्षेत्रमा ५७ जनाको उम्मेदवारी परेको छ भने ३ नम्बर क्षेत्रमा ४९ जना र क्षेत्र नम्बर २ मा ४८  र क्षेत्र नम्बर १ मा ४८ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
सबै भन्दा धेरै स्वतन्त्र तर्फ क्षेत्र नम्बर ४ मा ३२ जनाको छ भने क्षेत्र नम्बर ३ मा २८,क्षेत्र नम्बर २ मा २३ र क्षेत्र नम्बर १ मा २८ जनाको उम्मेदवारी परेको छ । जिल्लामा प्रत्यक्ष तर्फ प्रदेश तथा प्रतिनिधि गरि १२ जना निर्वाचित हुनका लागि २ सय २ जनाको उम्मेदवारी परेको हो ।
कुन क्षेत्रमा कुन पार्टीबाट उममेदवारी ?
जिल्लाको क्षेत्र नम्बर १ प्रतिनिधि सभामा जनता समाजवादी पार्टी नेपाल,जनसमाजवादी पार्टी नेपाल,नेपाल मजदुर किसान पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी,राष्ट्रिय स्वतन्त्र पार्टी,लोकतान्त्रीक समाजवादी पार्टी नेपाल र जनमत पार्टी गरि ७ वटा पार्टीबाट उम्मेदवारी परेको छ । 
त्यस्तै  १(क) मा जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रीक समाजवादी पार्टी,नागरिक उन्मुक्ती पार्टी,नेपाल संघिय समाजवादी पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी,बहुजन एकता पार्टी नेपाल,नेकपा(माओवादी केन्द्र) र जनमत पार्टीबाट गरि ८ वटा पार्टीबाट उम्मेदवारी परेको छ । साथै,१(ख)मा जनमत पार्टी,नेपाल संघिय समाजवादी पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी,मंगोल नेश्नल अर्गनाईजेसन पार्टी,नेकपा(एकिकृत समाजवादी) पार्टी,नेकपा(एमाले) र बहुजन एकता पार्टी नेपालबाट गरि ७ वटा पार्टीबाट उम्मेदवारी परेको छ ।
क्षेत्र नम्बर २ प्रतिनिधि सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी,जनमत पार्टी,नेकपा(माओवादी केन्द्र)नेपाल संघिय समाजवादी पार्टी,बहुजन एकता पार्टी नेपाल,नेकपा(एमाले),लोकतान्त्रीक समाजवादी पार्टी,राष्ट्रिय स्वतन्त्र पार्टी,हाम्रो नेपाली पार्टी गरि ८ वटा पार्टीबाट उम्मेदवारी परेको छ । २(क) मा नेकपा(एमाले),नेपाली कांग्रेस,नेपाल संघिय समाजवादी पार्टी,जनमत पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा(माओवादी केन्द्र(बाट गरि ६ वटा पार्टीबाट उम्मेदवारी परेको छ । साथै २(ख)मा जनता समाजवादी पार्टी,नेपाली कांग्रेस,जनमत पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी,नेपाल जनता पार्टी,लोकतान्त्रीक समाजवादी पार्टी,नेपाल संघिय समाजवादी पार्टी,बहुजन एकता पार्टि,हाम्रो नेपाली पार्टी र जनता प्रगतिशिल पार्टी नेपालबाट गरि १० वटा पार्टीबाट उम्मेदवारी परेको छ ।
त्यस्तै,क्षेत्र नम्बर ३ प्रतिनिधि सभामा मंगोल नेश्नल अर्गनाइजेसन पार्टी,नेकपा(माओवादी केन्द्र),राष्ट्रिय प्रजातन्त्र पार्टी,हाम्रो नेपाली पार्टी,बहुजन एकता पार्टी,नेकपा(एमाले) र जनमत पार्टीबाट गरि ७ वटा पार्टीबाट उम्मेदवारी परेको छ । ३(क)मा हाम्रो नेपाली पार्टी,नेकपा(एमाले),नेकपा(एकिकृत समाजवादी)पार्टी,जनमत पार्टी,मंगोल नेश्नल अर्गनाइजेसन पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी र बहुजन एकता पार्टीकाट गरि ७ वटा पार्टीबाट उम्मेदवारी परेको छ ।
भने, क्षेत्र नम्बर ४ प्रतिनिधि सभामा हाम्रो नेपाली पार्टी,जनता प्रगतिशिल पार्टी,गान्धिवादी पार्टी नेपाल,राष्ट्रिय स्वतन्त्र पार्टी,नेपाली कांग्रेस,राष्ट्रिय प्रजातन्त्र पार्टी,जनता समाजवादी पार्टी,बहुजन एकता पार्टी,नेपाल जनता पार्टी,जनमत पार्टी र नेपाल संघिय समाजवादी पार्टीबाट गरि ११ वटा पार्टीबाट उम्मेदवारी परेको निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
यता,४(क)मा जनमत पार्टी,नेपाल जनता पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी,गान्धिवादी पार्टी नेपाल,नेकपा(एमाले),नेपाली कांग्रेस र बहुजन एकता पार्टी नेपालबाट गरि ७ वटा पार्टीबाट उम्मेदवारी परेको छ । त्यस्तै ४(ख)मा जनता समाजवादी पार्टी नेपाल,बहुजन एकता पार्टी,नेकपा(माओवादी केन्द्र),हाम्रो नेपाली पार्टी,नेश्नलिष्ट पिपल्स पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टी गरि ७ वटा पार्टीबाट उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्लामा गठबन्धको नाममा ठूला पार्टीबाट उम्मेदवारी कम परेको छ भने साना र नामै नसुनेका पार्टीहरुबाट उम्मेदवारी धेरै परेको निर्वाचन कार्यालयले जनाएको छ ।  जिल्लाको क्षेत्र नम्बर १ मा २२,क्षेत्र नम्बर २ मा २४,क्षेत्र नम्बर ३ मा २१ र क्षेत्र नम्बर ४ मा २५ वटा पार्टीबाट उम्मेदवारी परेकोमा अधिकांश साना र नामै नसुनेका पार्टीहरुबाट उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech