टाउको मात्र भेटिएका युवाकाे पहिचान खुल्याे,शरिर खाेज्ने काम जारी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-४-२६ गते   ५४७ पटक हेरिएको

पुर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन  नगरपालिका ४ स्थित लखन्देही पुल तल गिडिएको अवस्थामा फेला परेको पुरुषको टाउकाको पहिचान खुलेको छ ।
भारतको सितामाढी जिल्ला अन्तर्गत मनियारी बस्ने अन्दाजी २३ वर्षीय अभिशेष राज(गाेलु)को टाउको रहेको परिवारद्वारा सनाखत भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए । उनका अनुसार ‘अभिशेषका पिता राम दिवाकर लगायत अन्य परिवारका सदस्यहरुले टाउकाको सनाखत गरिसकेका छन् । 
 सनाखत भएको टाउको पोष्टमार्टमका लागि शुक्रबार नै काठमाडौं  पठाईएकाे प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए । मृतकका पिता राम दिवाकरका अनुसार गत साउन २० गते अभिशेष आफ्ना ४ जना छिमेकी
साथिहरुसँग घुम्न भनि नेपालकाे सर्लाही तर्फ हिँडेका थिए । अन्य ४ जना पनि हालसम्म गाउँघरतिर सम्पर्क बिहिन रहेका छन् । अभिशेषको हत्यामा उनीहरु संलग्नता रहेको हुनसक्ने भन्दै  जिल्ला प्रहरी कार्यालय सर्लाही  र ईलाका
प्रहरी कार्यालय हरिवनले अनुसन्धान प्रकृया अगाडि बढाएको छ । अभिशेषकाे टाउकाेकाे प्रादेशिक अस्पताल मलंगवाले पोष्टमार्टम गर्न नमानेपछि प्रहरीले उक्त टाउकोलाई सुरक्षीत रुपमा काठमाडौं पठाएकाे जनाएको छ । 
अभिशेषको अन्त कतै हत्या गरेर टाउको मात्र लखन्देही खोलामा फालेको हुनसक्ने भएकाले सागरनाथ वन विकास परियोजना सहित बाँके जंगल क्षेत्र एवम सम्भावित अन्य स्थानमा शरिरको तल्लो भाग खोजतलासका लागि व्यापक रुपमा प्रहरी टोली खटाईएको प्रहरी उपरीक्षक  सुवेदीले जानकारी दिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech