जनप्रतिनिधिहरुको मन र आँट मिले के हुँदैन ? नपत्याए बामगती जानुस्

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-५-१४ गते   ६९४ पटक हेरिएको

संघिय संरचना तयार भएपछि बागमती नगरपालिकाको अवस्था अस्तव्यस्त र दयनीय थियो । पश्चीममा रौतहटसंग जोडिएको यस स्थानले नगरपालिकाको नाम पाएपनि यहाँ विकास सुन्य थियो ।तर,जब संघिय नेपालमा पहिलो पटक स्थानीय तहको निर्वाचन भयो र बागमती नगरपालिकाको नगर प्रमुखमा भरत कुमार थापाको टिम निर्वाचित भएर आयो । तब बागमती देश कै चर्चाको नगरपालिका बन्न सफल भयो ।


निर्माण क्षेत्रबाट आएका नगर प्रमुख थापाको टिमले भौतिक पुर्वाधारका क्षेत्रलाई विकासको पहिलो प्राथमिकतामा रहेर काम सुरु गरे । तब बागमती नगरपालिका देशभरका ७ सय ५३ वटा स्थानीय तहहरुको तुलनामा उत्कृष्ट १० भित्र पर्न सफल भयो ।आफ्नो आन्तरीक आयस्रोत समेत नभएको यस नगरपालिकालाई कसरी आत्मा निर्भर तुल्याउन सकिन्छ ?स्थानीय बेरोजगार युवाहरुलाई कसरी रोजगारीमा जोड्न सकिन्छ ? नगरको शिक्षा,स्वास्थ्य,खानेपानी तथा अन्य भौतिक पुर्वाधारहरु कसरी तयार गर्न सकिन्छ ? भन्ने विषयमा नगर प्रमुख थापाको टिम निकै चिन्तित भएर लाग्यो ।


काम धेरै गर्ने तर मिडियामा कम आउने स्वाभावका नगर प्मुख थापा सहितका जनप्रतिनिधिहरुले नगर भित्रको दुर्गम गाउाका जनतालाई पिउँने पानीको समस्या समाधान गर्न आफुलाई चढ्न गाडि खरिद गर्न आएको रकमले पानी ट्यांकर खरिद गरेर पिउँने पानी वितरण गर्नुका साथै नगर भित्रका सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर सुधार तथा भौतिक संरचनाको निर्माण,नगरबासीलाई नगर मै सुविधायुक्त स्वास्थ्य संस्थाहरुको निर्माण र स्तरोउन्नतीका साथै स्थानीय बेरोजगार युवाहरुलाई गाउँ मै रोजगारी सृजना गर्नका लागि दक्षिण यसिया कै सबै भन्दा ठूलो मानव निर्मित बागमती माछा पोखरी(भरत ताल) निर्माणको काम सुरु,नगर बगैँचा,फन पार्क,सुविधायुक्त आर्यघाट निर्माणको काम सुरु गर्नुका साथै नगरलाई देशभरका ७ सय ५३ वटै स्थानीय तहहरुको तुलनामा चर्चा गर्न योगय बनाउने काम भयो ।

दर्जनौँ नगर गौरबका योजनाहरु अघि सारेर नगरको विकासका लागि तल्लीन भएका नगर प्रमुख थापाको टिमलाई स्थानीय तहको दोस्रो निर्वाचनमा पनि बागमतीबासीले नविकरण गरेपछि नगरको विकासको मोडलले झन गतिलियो । करिब २ दशक जनप्रतिनिधि विहीन रहेका स्थानीय तहमा पहिलो कार्यकाल प्रायः जनप्रतिनिधिलाई कठिन नै रह्यो,जुन कठिनाइ नगर प्रमुख थापा सहितको टिमले पनि महसुस गरे । ‘तर,कर्मचारीहरूको समन्वय,जनप्रतिनिधिहरूको साझा सहमति र स्थानीयको सद्भाव रह्यो भने सन्तुष्ट हुने गरी नै विकास गर्न सकिँदो रहेछ,’नगर प्रमुख थापाले कमलामाई मिडिया प्रा.लिसंग भने ।विशेष गरी नगर प्रमुख थापाको टिमले पालिकामा रहेका धार्मिक,संस्कृतिक,शैक्षिक तथा नागरिकहरुका प्रत्यक्ष दैनिकी तथा जनजीविकासंग जोडिएका विषयहरुमा गहन भएर काम गर्यो ।

नगर प्रमुख थापाको टिमले कसरी बागमतीबासीलाई “गाउँ गाउँको सिंहदरवार”को रुपमा आएका स्थानीय तहहरुसंग जोडेर स्थानीयलाई “गाउँ गाउँको सिंहदरवार”को आभास दिलाउँन सकिन्छ भन्ने विषयमा ध्यान केन्द्रीत गरे । समृद्धि बागमती,सुखी नगरबासीको परिकल्पना गरेर नगरको विकास निर्माणको काममा भिडेको उनको टिमलाई समय समयमा बागमतीको विकास देख्न नसक्नेहरुले अनेकौ दुःख दिए । तरपनि जनताको काममा विचलित नभई लागेको नगर प्रमुख थापाको टिमले बागमतीबासीले मात्र नभई देशैभरका जनताहरुले समेत महसुस गर्ने खालको विकासको लहर ल्यायो ।
बागमतीले शिक्षामा गरेको प्रगति
नगर भित्रका सबै सामुदायिक विद्यालयहरुले प्रदान गर्ने शिक्षाको गुणस्तर सुधारका लागि प्राविधिक शिक्षा देखि,शिक्षकहरुलाई तालिम,विद्यार्थीहरुलाई पढ्दै कमाउँदै कार्यक्रमहरुका साथै सहरकारी कर्माचारीहरुका छोराछोरीलाई सामुदायिक विद्यालय मै पढाउनु पर्ने बाध्यकारी नीयम ल्यायो ।विद्यार्थीहरुलाई छात्रवृति देखि शिक्षकहरुलाई प्रोत्साहन समेतका कार्यक्रम सञ्चालन गर्नुका साथै वृहत्तर शिक्षा सुधार अभियान नै सञ्चालन गर्यो । बालबालिका मैत्रि विद्यालयहरु र पडन पाठनलाई प्राथमिकतामा राखेर किताबी ज्ञानको अलावा सिप विकासका तालिमहरु सञ्चालन सुरु गर्यो । जसका कारण अहिले बागमतीका सामुदायिक विद्यालयहरु जिल्लाभरीका अभिभावकहरुका साथै विद्यार्थीहरुका लागि रोजाईको केन्द्र बन्न थालेको छ ।
पूर्वाधार निर्माणमा समेत अग्रणी
तत्कालीन ४ वटा कर्मैया,ढुंग्रे,राजघाट र शंकरपुर गाविस मिलेर बनेको यस नगरपालिकामा १२ वटा वडाहरु रहेका छन् । भने करिब ४५ हजार ४ सय ५९ जनसंख्या रहेको यस पालिकाका भौगोलिक विकटतालाई सुगम बनाउन नगर प्रमुख थापाले सम्भाव्यता अध्ययन गरी योजनाहरू बनाएका छन् ।दर्जानौँ नगर गौरबका योजनाहरु बनाएर काम सुरु गरेको बागमतीले सडक कालोपत्रेका काम करिब सकेको छ भने अन्य योजनाहरु सञ्चालन भईरहेका नगरपालिकाको प्रशासन शाखाले जनाएको छ ।

“करिब २ दशकदेखि जनप्रतिनिधि विहीन भएर अस्तव्यस्त बनेको यो नगरमा म निर्वाचित भएर आउँदा थुप्रै समस्या थिए । पहिला त जनताका आधारभूत समस्या पहिचान गरेर कार्ययोजना बनाएँ,जुन योजनालाई जनप्रतिनिधिहरूले कुनै पूर्वाग्रह नराखी सहयोग गरे ।यसैको परिणाम स्वरूप नगर एउटा नयाँ उचाइमा पुगेको छ । ”नगर प्रमुख थापाले बताए ।

दोस्रो कार्यकालका लागि पनि निर्वाचित हुनु भयो ।आगामी योजना के–के छन् ?
जनताको अनुमोदनलाई पुनः मैले अवसरका रूपमा लिएको छु । यो ५ वर्षभित्र यहाँका जनताले निकै परिवर्तनको महसुस गर्नेमा छन् । अघिल्लो कार्यकालमा बनाइएका विकासका कतिपय गुरुयोजनाहरू पूरा गर्नु छ भने पहिले बनाइएका धेरै आधारलाई पूर्णता दिनु छ । पालिकाको पहिचानलाई वास्तवमै एउटा उचाइमा पु¥याइएको छ ।यसलाई मैले भन्नुपर्दैन,पालिकाका जनता जसलाई सोधे पनि भन्छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech