बागमतीमा नगर प्रमुख थापालाई मुद्दा मामिलाको डर देखाएर एमालेमा प्रवेश गराउने षड्यन्त्र गरिँदै छः माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

300 Shares

सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख सहितका जनप्रतिनिधिहरुलाई मुद्धा मामिलाको नाममा डर देखाउने र धम्क्याएर आफ्नो पार्टीमा प्रवेश गराउने षड्यन्त्र सुरु भएको नेकपा(माओवादी केन्द्र) का अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड)ले बताए ।उनले विभिन्न किसिमका मुद्धा मामिलाको छानविनका लागि भन्दै निलम्वनमा परेका बागमती नगरपालिकाका नग प्रमुख भरत कुमार थापा,नगर उप प्रमुख लिला कुमारी मोक्तान सहितका जनप्रतिनिधिहरुलाई नेकपा(एमाले)का केही नेताहरुले मुद्धा मामिला गरेर डार त्रास देखाएर एमालेमा प्रवेश गराउने षडयन्त्रमा सत्ताधारी दल नेकपा(एमाले)ले धम्क्याउने र तर्साउने काम गरिरहेको बताए ।
उनले माओवादी केन्द्रबाट निर्वाचित बागमती नगरपालिकाका नगर प्रमुख थापालाई एमालेका नेताहरुले आफ्नो पार्टीमा आए मात्रै बचाउँन सकिने,माओवादी केन्द्र मै बस्ने हो भने मुद्दा, मामिलाबाट बचाउँन नसकिने भनेर धम्क्याउने काम भइरहेको बताए।माओवादी केन्द्रबाट निर्वाचित भएका विभिन्न तह र तप्काका जनप्रतिनिधिहरुहरुले गरेको विकास देख्न नसकेर एमाले मुर्छित भएको बताउँदै प्रधानमन्त्री एवम एमाले अध्यक्ष केपी शर्मा ओलीको ठाडो निर्देशनमा मुख्य सचिवको अध्यक्षतामा प्रधानमन्त्री कार्यालयमा बैठक बसेर नगर बागमती नगरपालिकाका नगर प्रमुख थापासहितका जनप्रतिनिधिहरुलाई झुटा वन र भ्रष्टाचार मुद्दामा फसाउने प्रयास भइरहेको भन्दै प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले आक्रोस व्यत्त गरे ।उनले सर्लाहीको बागमती नगरपालिकाका हजारौँ सुकुम्बासीले तिसौँ वर्षदेखि जोतभोग र आवाद गरेको जग्गा खाली गरेर सरकारले आफ्नो पार्टीबाट निर्वाचित नगर प्रमुख थापा र उप प्रमुख मोक्तान सहितका जनप्रतिनिधिहरुलाई झुटो वन मुद्दामा फसाउने प्रयास गरिरहेको समेत बताए ।
“२०७४ सालमा चुनाव जितेर नगर प्रमुख भएको,अनि विकासलाई द्रुुत गतिमा अगाडि बढाएको, राष्ट्रिय संस्कृतिको जगेर्ना गरेर राष्ट्रिय एकता प्रवद्र्धन गर्न खोजेर रेकर्ड बनाएको बगमती नगरपालिका र यहाँका जनप्रतिनिधिहरुलाई अहिले सिधै आरोपित गर्न सक्ने कुनै आधार आफुले नदेखेको र सो झुटो वन मुद्धामा नगर प्रमुख थापा सहितलाई फसाउने षड्यन्त्र सुरु भएको मैले धेरै जिम्मेवार नेताहरुबाट सुनिरहेको छु,त्यस पालिकाका नगर प्रमुख एमालेमा आउने हो भने अख्तियारमा भएको,वनको पनि मुद्दामा सफाइ गरिन्छ,माओवादी केन्द्रमै बस्ने हो भने बचाउन सकिँदैन भनिँदैछ रे”यही हो सरकारको निस्पक्षता ?म सबै माननीय सदस्यहरुलाई मेरो यो कुरा गम्भीर रुपमा लिन आग्रह गर्दछु। खासगरि माननीय मन्त्रीज्यूहरुलाई यो विषय गम्भीर रुपमा हेरिदिन अनुरोध गर्दछु।” माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले भने,
बागमती नगरपालिकाका नगर प्रमुख थापा,उप प्रमुख मोक्तान सहितलाई राजनीतिक प्रतिशोध राखेर सरकारले फसाउने षड्यन्त्र गरिरहेको भन्दै माओवादी केन्द्र सर्लाहीले आन्दोलन समेत सुरु गरेको छ।बागतमी नगरपालिकाका नगर प्रमुख थापालाई सरकारले झुटा वन मुद्दा लगाएर फसाउन खोजेको दावी गर्दै गत साता माओवादी केन्द्र सर्लाहीले विभिन्न आन्दोलनका कार्यक्रम समेत सुरु गरेको माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्युतम काफ्लेले जानकारी दिए ।
उनका अनुसार सागरनाथ वन विकास परियोजना सर्लाही अन्र्तगतको बागमती नगरपालिका क्षेत्रको खाली पर्ती जग्गामा सुकुम्बासी बस्ती बसाएको आरोपमा डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीमा नगर प्रमुख थापा र उप प्रमुख मोक्तान सहित जनप्रतिनिधिहरुविरुद्ध वन मुद्दा दर्ता भएपछि माओवादी केन्द्र सर्लाही आन्दोलनमा उत्रिएको थियो।माओवादी केन्द्रले राजनीतिक प्रतिशोधको आधारमा बागमती नगरपालिकाका नगर प्रमुख थापा र उप प्रमुख मोक्तानलाई झुटा वन मुद्दा लगाएर फसाउन खोजेको बताउँदै आएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार सम्बन्धि दुईवटा मुद्दा दायर गरेपछि हाल बागमती नगरपालिकाका नगर प्रमुख थापा र उप प्रमुख मोक्तान सहित केही जनप्रतिनिधिहरु र कर्मचारीहरु निलम्बित छन् ।प्रधामन्त्री कार्यालयका मुख्य सचिवले बागमती नगरपालिकाका नगर प्रमुख थापा,उपप्रमुख मोक्तान लगायतका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई वन मुद्दा चलाउन अख्तियारलाई निर्देशन दिएको र अख्तियारले संघीय वन तथा वातावरण मन्त्रालय त्यहाँबाट मधेश प्रदेश वन तथा वातावरण मन्त्रालय,सागरनाथ वन विकास परियोजना र त्यहाँबाट डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीलाई परिपत्रध भएपछि सोही अनुसार डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीले मुद्धा दर्ता गरी छानविनका लागि समिति समेत बनाई प्रक्रिया सुरु गरि सकेको छ ।त्यसपछि माओवादी केन्द्र सर्लाहीका नेताहरु पार्टी अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डलाई केन्द्रीय कार्यालयमा भेटी ध्यानाकर्षण गराएका हुन ।

सम्बन्धित समाचार