Close This

लामो समयदेखि महशुल नबुझाउने ग्राहकको लाईन काट्न सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-२५ गते   ११८ पटक हेरिएको

नेपाल विद्युत प्राधिकरण सर्लाहीले लामो समयदेखि महशुल नबुझाउने ग्राहकको लाईन काट्न सुरु गरेको छ । सर्लाहीको को लालबन्दी, मलंगवा र बरहथवामा रहेका प्राधिकरणको वितरण केन्द्रहरुले एकसाथ लाईन काट्न सुरु गरेका हुन ।
विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीले बुधबार एकैदिन लामो समयदेखि महशुल नबुझाउने ७६ जना ग्राहकको लाईन काटेको छ । बक्यौता रकम तिर्न बारम्बार ताकेता गर्दा पनि बेवास्ता गर्ने लालबन्दी क्षेत्रका ४१ र हरिवन क्षेत्रका ३५ जना ग्राहकको लाईन काटिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख सन्जिव कुमार साहले जानकारी दिनु भयो । उहाँका अनुसार बाँकी बक्यौता नर्तिदासम्म ती ग्राहकको लाईन अब जोडिने छैन । लामो समयदेखि विद्युत महशुल नबुझाउने ग्राहकहरुको त्रमैसंग लाईन काटिने उहाँले बताउनुभयो ।
जिल्लामा अत्यधिक विद्युत चोरीसहित बक्यौता रकम पनि धेरै बाँकी रहेको प्राधिकरणले जनाएको छ । विद्युत चुहावट अर्थात् चोरी अत्याधिक रहेको मलंगवा वितरण केन्द्रले दिनहुँजसो हुकिङ हटाउने अभियान संचालन गरी हुक लगाएर चलाइएका विद्युतीय सामग्रीहरु बरामद गरिरहेको छ । जिल्लामा विद्युत चुहावट धेरै रहेको प्राधिकरणका कर्मचारीहरुले बताएका छन् ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech