292
Shares
जनता समाजवादी पार्टी(सपजा)नेपाल मधेश प्रदेशका अध्यक्ष एवम प्रदेश सभा सदस्य अशोक कुमार यादवलाई नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्। यादवलाई काठमाडौंस्थित भृकुटीमण्डपमा आयोजित कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सह संयोजक माधवकुमार नेपालले नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गराएका हुन् । यादवले नेपाली कम्युनिष्ट पार्टीमा कुन तहको जिम्मेवारी पाउने भन्ने प्रष्ट भइसकेको छैन् ।यादव सहित उनका केही समर्थक पनि जनता समाजवादी पार्टी(जसपा)नेपाल छाडेर नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन् ।