सर्लाही प्रहरीले दिपावली एवं छठ पर्वको पूर्वसन्ध्यामा ठूलो परिमाणमा पटाका लगायत विष्फोटजन्य पदार्थ बरामद् गरेको छ ।बलरा नगरपालिका–८ बाट १ हजार ८८ किलो पटाका, झिरझिरे, राधाचक्र लगायत विष्फोटजन्य पदार्थ बरामद् गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो ।
आईतबार ईलाका प्रहरी कार्यालय गडहियाको प्रहरी गस्ति टोलीले बरामद् गरेको विष्फोटजन्य पदार्थ बरामद् प्रहरीले सोमबार पत्रकार सम्मेलन गरि बरामद् गरिएको विष्फोटजन्य पदार्थ सहित ओसार पसारमा संग्लग्न ट्याक्टर सार्वजनिक गरेको हो ।ज. १ त २१७६–९ नम्बरको ट्याक्टरको टेलरमा त्रिपालले ढाकेर ओसारपसार भईरहेको अवस्थामा सो विष्फोटजन्य पदार्थ ओसार पसार गर्ने ट्याक्टर सार्वजनिक गरेको छ ।
बरामद् ट्याक्टर र विष्फोटजन्य पदार्थ नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडी बढाईएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक राठौरले बताउनु भयो । भारतीय बजारमा किनबेचका लागि खुला रहेको पटाका लगायत विष्फोटजन्य सामग्री किनबेच सहित उतिसबाजीका लागि नेपालमा भने प्रतिबन्धित रहेको छ ।तस्कर समूहले भारतबाट सस्तैमा भित्र्याउने त्यस्ता सामग्री नेपालमा प्रतिबन्धित हुनाले निकै महंगोमा बिक्री गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।