Close This

हरिवन ११ को इलेक्ट्रोनिक होलसेल पसलमा आगलागी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-२५ गते   १८५० पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ११ को होलसेल पसलमा आगलागी भएको छ । हरिवन ८, का बिक्रम नेपालले हरिवन नगरपालिका–११, बजारमा सञ्चालन गरेको सर्टरकोे होलसेल पसलमा आगलागी भएको हो ।
शुक्रबार राती करिब १ः३० बजे भएको आगलागीबाट पसलभित्र बिक्रीका लागि राखिएको टिभी, फ्रिज लगायतका सामग्री जलेर नष्ट हुँदा करिब रु ५० लाख भन्दा  क्षति भएको पीडित व्यावसायी नेपालले बताएका छन् ।
आगलागीमा परेर पसल बाहिर पार्किङ गरेर राखिएको ज २ प ८५७६ नम्वरको मोटरसाइकल समेत पूर्णरुपमा जलेर नष्ट भएको छ । सो मोटरसाईकल नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्रीको रहेको प्रहरीले जनाएको छ ।
आगलागी स्थानीयवासी, दमकल र प्रहरी मिलेर करिव १ घण्टापछि नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन । तर  विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech