सर्लाहीको बरहथवा नगरपालिका १२ बाट शसस्त्र प्रहरीले ठुलाे मात्रा पटका बरामद गरेको छ । बरहथवा नगरपालिका १२ बाट शसस्त्र प्रहरीले लुकाई छिपाई भारतबाट नेपाल भित्र्याइएको ठुलाे मात्रामा पटका बरामद् गरेकाे शसस्त्र प्रहरी बल नेपाल नम्वर १० हे.क्वा गण सर्लाहीले जनाएको छ ।
सशस्त्र प्रहरीलाई देखेपछि पटका लिएर आएका मानिसहरु पटका छाडेर भागेका शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा गण सर्लाहीका गणापति शसस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी दिए । उनका अनुसार शसस्त्र प्रहरी बल नेपाल सुरक्षा बसे सुन्दरपुर चाेहर्वाबाट गस्तिमा खटेका सशस्त्र प्रहरी निरीक्षक रामराजा बस्नेतको कमाण्डको टोलीले उक्त पटाका बरामद गरेको हो ।
बरामद भएको पटका करिब रु ३० हजार बराबरको रहेको शसस्त्र प्रहरीले जनाएको छ । बरामद् गरिएको पटका खाल्डोमा पुरेर नष्ट गरिएको छ ।
भारतसंग खुल्ला सिमाना हुनु र दिपावलीमा पटका पड्काउने,विद्युतिय वत्तीहरु बाल्ने गरिएा कारण त्यस प्रकारका सामाग्रीहरुकाे गैर कानुनी तरिकाबाट आयात हुने गरेकाे जानकारहरु बताउँछन् ।