सर्लाहीको हरिवनमा म्याद गुज्रिएका खाद्य बस्तुहरु जलाएर नष्ट गरिएको छ । केही दिन अघि हरिवन बजारबाट संकलन गरिएका प्रयोग गर्ने म्याद गुज्रिएका खाद्यवस्तुहरु सोमवार जलाएर नष्ट गरिएको उपभोक्ता हित संरक्षण मञ्च हरिवनले जनाएको छ ।
बजार अनुगमन गर्दा म्याद गुज्रिएका चाउचाउ, बिष्कुट, चकलेट, मसला, कुरकुरे, चिउरा, पिठो लगायत किरानाका सामानहरु भेटिएको उपभोक्ता हित संरक्षण मञ्च हरिवनले जनाएकोछ । उपभोक्ता हित संरक्षण मञ्च हरिवनका अध्यक्ष दिल बहादुर दहाल, हरिवन नगरपालिका वडा नं.११ का अध्यक्ष शेष मेहबुब रेजा, वडा नं. १० का अध्यक्ष शम्भु मैनाली, लगायत विभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा म्याद गुज्रिएका खाद्यवस्तुहरु जलाएर नष्ट गरिएको हरिवन नगरपालिका १० का वडा अध्यक्ष मैनालीले जानकारी दिनु भयो ।
बजारमा प्रसस्त मात्रामा खाद्यवस्तुहरु भएको समयमा पनि व्यापारीहरुले लुकाएरकृतिम अभाव सृजना गरि पछिकालोबजारी गर्ने गरेका कारण पनि खाद्यवस्तुहरुको प्रयोग अवधि सकिने गरेको पाइएको अभियानमा खटिएकाहरुले बताएका छन् ।