Close This

अस्थायी कोभिड अस्पताललाई करिब ७ लाखको स्वास्थ्य सामग्री सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-३० गते   १३७ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिकाले कोभिड–१९ सङ्क्रमितको उपचारार्थ सञ्चालन गरेको हरिवन नगरपालिका ४ सासापुर अस्थायी कोभिड अस्पताल लागि करिब रु ७ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध भएकोे छ । विकास निर्माणको बजेट कटौती गरी नगरपालिकाले आफ्नै लगानीमा सञ्चालन गरेको अस्थायी कोभिड अस्पताललाई युएनडिपीले करिब रु ७ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

युएनडिपीले गुणस्तरीय अक्सिजन कन्सीडेटर ५ थान  अस्पताललाई सहयोग गरेको हरिवन नगरपालिकाका नगरप्रमुख गणेश प्रसाईले जानकारी दिनुभयो । अस्पतालले पाएको उपकरण सहयोगबाट अबका दिनमा थप स्तरीय उपचार सेवा दिने नगरप्रमुख प्रसाईले बताउनुभयो । कोभिड–१९ को महामारी मत्थर भएपछि भविष्यमा अस्थायी कोभिड अस्पताललाई व्यावस्थापन गर्दै प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा व्यावस्थापन गर्दै लैजाने नगरप्रमुख प्रसाईको भनाइ छ । उहाँका अनुसार नगरपालिकाले तयार पारेको  अस्थायी कोभिड अस्पतालमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको व्यावस्था गरिएको र अहिले कोरोना संक्रमितहरुलाई अक्सिजन सहितको  सेवा प्रवाह भईरहेको नगर स्वास्थ्य शाखा संयोजक शशिकान्त झाले बताउनु भयो । उहाँकाअनुसार अस्पताललाई  यसअघि पनि अस्पताललाई विभिन्न सहयोगी संस्थाहरुले स्वास्थ्य सामाग्रीहरुको सहयोग जुटि रहेको छ ।
अस्थायी कोभिड अस्पतालमा हाल तीन जना कोरोना संक्रमित उपचारत अवस्थामा रहेका र ८ जना निको भएर घर फर्किएका छन् । भने १५ जनालाई थप उपचारका लागि  अन्यन्त्र      पठाइएको स्वास्थ्य चौकी प्रमुख श्याम विनोद कुशवाहले  जानकारी दिनु भयो । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नगर प्रमुख प्रसाई,हरिवन  ४ का वडा अध्यक्ष धन बहादुर वाईवा,बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की,नगर स्वास्थ्य संयोजक झा,सासापुर स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरु लगायतको उपस्थिती रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech