नेकपाका केन्द्रीय सदस्य धिमालद्वारा पार्टी परित्याग

640 Shares

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य लुमणी धिमाल(लोचन)ले पार्टी परित्याग गरेका छन् ।धिमालले नेकपाले आफुलाई टिकट नदिएपछि पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले आफू अब प्रगतिशील लोकतान्त्रीक पार्टी(प्रलोपा)मा प्रवेश गरि आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तर्फ उम्मेदवारी दिने तयारी गरेको बताए ।
तत्कालीन द्वन्द्वकाल देखि पार्टीको नेतृत्वमा पंक्तिमा रहेर काम गरेका धिमालले पछिल्लो समय आगन्तुकहरुलाई नेकपा संयोजक पुष्प कमल दाहाल(प्रचण्ड)ले प्राथमिकता दिएका र द्वन्द्वकालदेखि पार्टीमा मेहनत गरि रहेका नेता कार्यकर्ताहरुलाई पाखा लगाउने काम गरेपछि आफुलाई त्यो उचित नलागेका कारण नेकपाको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरि प्रगतिशील लोकतान्त्रीक पार्टी(प्रलोपा)मा प्रवेश गरेको धिमालले बताए ।
पार्टीको केन्द्रीय सर्कुल अनुसार तल्लो तहबाट उम्मेद्वार सिफारिस गरि पठाईएका र पार्टीमा लामो समयदेखि मेहनत गरि रहेका नेता कार्यकर्ताहरुलाई नेकपाले मुल्यांकन गर्न नसकेको समेत उनको आरोप छ ।
प्रगतिशील लोकतान्त्रीक पार्टी(प्रलोपा)मा प्रवेश गरेका धिमाललाई पार्टी केन्द्रले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ उम्मेद्वार बनाउने निर्णय समेत गरि मंगलबार नै उम्मेदवारी दर्ता गर्ने तयारी गरिएको प्रगतिशील लोकतान्त्रीक पार्टी(प्रलोपा)सर्लाहीका ईन्चार्ज मेघराज फुयाँलले जानकारी दिए ।यस अघि निवर्तमान मन्त्री रामेश्वर राय यादव र निवर्तमान सांसद शिव पुजन यादवले नेकपा परित्याग गरि सकेका छन् ।

सम्बन्धित समाचार