हावाहुरी र असिनापानी प्रभावित परिवारलाई रेडक्रसको राहत

1.8k Shares

सर्लाहीको लालबन्दीनगरपालिका लगायतको उत्तरी भेगका हावाहुरी तथा असिनापानी पीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी शाखा लालबन्दीले राहत वितरण गरेको छ ।

लालबन्दी नगरपालिका १२, पत्थरकोटका अति प्रभावित ७ परिवारका लागि कम्बल, त्रिपाल, बाल्टिन, कपडा लगायत राहत सामग्री प्रदान गरिएको नेपाल रेडक्रस सोसाईटी लालबन्दी उपशाखाका सभापति ध्रुबप्रसाद घिमिरेले जानकारी दिनु भयो। लालबन्दी नगरपालिका १२ का वडाध्यक्ष दुर्गाबहादुर आलेलाई राहत सामग्री उपलब्ध गराइएको र आलेले नै वडा भित्रका अति प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण गर्ने रेडक्रसले जनाएको छ । रेडक्रसको जिल्ला शाखा मलंगवाले लालबन्दी उपशाखालाई प्रभावितमध्ये अति नै समस्यामा परेका ७० परिवारका लागि शनिबार राहत सामग्री पठाएको जिल्ला उपसभापति भवानी कोइरालाले जानकारी दिनुभयो। लालबन्दी उपशाखा सभापति घिमिरेका अनुसार बाँकी रहेको राहत सामग्री हाल कार्यालयमै राखिएको र वडाहरुले प्रभावितको नामावली दिएपछि वितरण गरिने छ ।

शुक्रवार मध्यान्ह भीषण हावाहुरी सहित असिनापानी पर्दा लालबन्दी र ईश्वरपुर नगरपालिकाको चुरे भेगमा ठूलो क्षति गरेको थियो ।

सम्बन्धित समाचार