विभिन्न काला धन्दा चलाउन खप्पिस मानिएका हरिवन नगरपालिका ११ घर भएका सिद्धि बहादुर राय क्षेत्री(अर्जुन)ले जिल्ला अदालत सर्लाहीमा जाहेर गरेको ज्यान मार्ने अपराधिक षड्यन्त्रको मुद्धा झुठो ठहर भएको छ।
बागमती नगरपालिका १२ स्थित बागमती नदी किनारमा अवैध रुपमा हरिओम एग्रिगेट इण्डस्ट्रिज प्रा.लि,बर्दिवासको रातु खोलामा क्रसर र लालबन्दी नगरपालिका ७ स्थित बजारमा डालि मार्ट नामको डिपार्टमेन्ट स्टोर तथा प्रभात हार्ड वेयरका सञ्चालक र गठ्ठाघरमा करिब ३ राेपनीमा भव्य हाेटल निर्माणाधीन अवस्था रहेका अर्जुन फेरी पनि कुनै मानिसहरुलाई फसाउँन तम्सीएका भएपनि अफसल भएका हुन् ।
२०७८ पुस २२ गते सर्लाही कै बागमती नगरपालिकाका लेखा अधिकृत विश्वराज पोख्रेलले आफुलाई गोली हान्न सुपारी दिएका भन्दै ज्यान मार्ने अपराधिक षड्यन्त्रको झुठो मुद्धा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेर गरि पोख्रेलको पैतृक सम्पती हडप्ने दाउमा लागेका अर्जुनको सपना जिल्ला अदालत सर्लाहीका न्यायधिश विष्णु प्रसाद रेग्मीको इजलाशले झुठो रहेको ठहर गरेपछि अर्जुनलाई अहिले निन्द्र लाग्न छाडेको छ ।
सामान्य दुध बेच्ने परिवारमा हुर्किएका अर्जुन समय समयमा विभिन्न मानिसहरु झुठा मुद्धा लगाएर अकुत सम्पती आर्जन गर्न सफल हुादै आएका भएपनि उनको सम्पतीको आधिकारी र वैद्य स्रोत खुलाउने सक्ने कुनै आधार छैन्।
क्रसर उद्योग सञ्चालन गर्दा करोडौँ रकम राजश्व नबुझाएर क्रसर उद्योग बन्ध गरिएका अर्जुन लालबन्दी नगरपालिका ७ स्थित बजारमा डालि मार्ट नामको डिपार्टमेन्ट स्टोरमा पनि समय समयमा म्याद गुर्जिएका सामानहरु चर्काे शुल्कमा बिक्रि गरेर अकुत अर्थाेपार्जनमा लागि रहेका भएपनि सरोकारवाला निकाय कानमा तेल हालेर बसेको स्थानीयको आरोप छ ।
सम्पन्न परिवारका पोख्रेलका छिमेकी समेत रहेका अर्जुन पोख्रेलसंग केही समय पहिला देखि नै जग्गाको विवादमा पर्दै आएका थिए ।उनले सोही जग्गा हडप्ने दाउमा लागेर पोख्रेल सहित ५ जना विरुद्ध ज्यान मार्ने अपराधिक षड्यन्त्रको झुठो मुद्धा दायर गरेर आफु ओभानो बन्न लागि परेका थिए ।तर त्यो सपना न्यायधिश रेग्मीको इजलासले चक्नाचुर पारिदिए पछि अहिले आफु उच्च अदालत जाने भन्दै धम्की लाउन थालेका छन् ।
अवैध बाटोबाट अकुत सम्पती आर्जन गरेका अर्जुनले ज्यान मार्ने अपराधिक षड्यन्त्रको झुठो मुद्धा गरे वापत सरोकारवाला निकायलाई राम्रो आर्थिक प्रलोभनमा पारेका समेत पीडित पक्षको दाबी छ।लेखा अधिकृत पोख्रेल परिवारसंगै मुस्ताङ घुम्न गएको समयमा बाटैमा प्रहरी लगाएर आफैँले अपराधिक शैलीमा नियन्त्रणमा लिएर काठमाण्डौँ ल्याउन सफल भएका अर्जुन बाहिर देख्दा जती शुन्दर,भद्र र शालीन देखिन्छन् भित्र भने त्यस्ता छैनन् ।
बर्दिवासको युनाईटेड होटलका सञ्चालक विष्ण्ुा खड्कासंग साझेदारी व्यापार गरेका अर्जुन राम्रो आम्दानी हुन थालेपछि व्यापार साझेदारलाई नै पाखा लगाउने दाउमा लागेका थिए,तर खड्काले सो कुरा थाहा पाएपछि अर्जुनसंगको साझेदारी तोडेका समेत स्रोतको दाबी छ ।
“टार्गेट मिस”भएपछि सुटरसँगै आएका एकजना युवाले हत्या योजनबारे खुलासा गरेपछि पोख्रेल मुख्य योजनाकार रहेको खुलेको आरोप लगाउँदै ज्यान मार्ने अपराधिक षड्यन्त्र गरेको भन्दै झुठो मुद्धा जाहेर गरेका अनन्त निश्पक्ष कानुनको फन्दामा परेका छन् ।
कानुन व्यावसायीहरुका अनुसार झुठो मुद्धा दाहेर गरेको प्रमाणित भए जाहेरवालालाई ३ देखि ६ वर्ष कैद सजाय हुने कानुनी व्यावस्था रहेको छ ।