वैदेशिक रोजगारमा बस्दा माया प्रेममा पारी रु ५० लाख लिएर फरार भएका किशोरको खोजी गर्दै बंगलादेशी महिला सर्लाही आएकी छन्।वैदेशिक रोजगारीकमा बस्दा सर्लाहीको मलंगवा नगरपालिका ३ का अन्दाजी ३१ वर्षीय आसिफ मिकरानी(सदाम)ले विवाहको प्रलोभनमा पारेर बंगलादेशकी अन्दाजी ३० वर्षिय नसिमा अख्तरलाई माया प्रेममा पारी रु ५० लाख ठगेर फरार भएका भन्दै अख्तर मिकरानीको खोजीमा सर्लाही आएकी जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
“बंगलादेशी महिला अख्तर तथा मलंगवा नगरपालिका ३ का मिकरानी केही वर्ष पहिला वैदेशिक रोजगारको सिलसिलामा दोहा कतारमा भेट भएको रहामी दुबै जनाले एकले अर्कालाई असाध्यै माया गरेको साथै हामी दुवै जनाले संगै जिउने,संगै मर्ने कसम समेत खाएका थियौँ ।” बंगलादेशी नागरिक अख्तरले बताइन् ।आफुलाई विवाह गर्ने भनेर प्रलोभन देखाई मैले कमाएको रु ५० लाख लिएर मिकरानी फरार भएपछि उसलाई खोज्दै नेपाल आइपुगेको अख्तरिले बताएकी जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक श्रेष्ठले बताए ।
अख्तर केटाको घरमा जाँदा उसले विवाह गरिसकेको थाहा पाएपछि आफूले दिएको सो रकम फिर्ता गर्नुपर्ने वा आफूसंग विवाह गर्नु भनेर बंगलादेशी महिला अख्तरले शर्त राखे पछि आरोपी मिकरानी फरार भएका छन्।त्यसपछि जिल्ला प्रहरी मलंगवा सर्लाहीमा अख्तरले उजुरी गरेपछि प्रहरीले चासो देखाएको भएपनि अख्तरले मिकरानीलाई पैसा दिएको भन्ने कुनै प्रमाण नरहेको जनाएको छ ।अख्तर मलंगवा स्थित सेफ हाउसमा बसेकी छन् भने मिकरानी फरार भएका छन् ।