ईश्वरपुर नगरपालिकामा राष्ट्रिय खाद्य बैंक स्थापना हुने

400 Shares

सर्लाहीको ईश्वरपुर नगरपालिकामा राष्ट्रिय खाद्य बैंक स्थापना गर्न सम्झौता गरिएको छ। राष्ट्रिय खाद्य बैंक लिमिटेडका कार्यकारी अध्यक्ष शंकर नाथ उप्रेती र ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्य विच इश्वरपुरमा राष्ट्रिय खाद्य बैंक स्थापना गर्न लिखित सम्झौता भएको हो ।
राष्ट्रिय खाद्य बैंक लि.ले मधेश प्रदेशको कार्यक्षेत्रलाई सहजता बनाउनका लागि ईश्वरपुरमा क्षेत्रीय कार्यालय स्थापना गरी विविध कृषि परियोजनाहरु सञ्चालन गर्दै उत्पादन,सकलन, ग्रेडिङ,प्याकेजिङ तथा व्राण्डिङ र बजारीकरणको कार्य विस्तार गर्न सम्झौता गरिएको ईश्वरपुर नगरपालिकाका नगर प्रमुख आचार्यले जानकारी दिए ।उनका अनुसार कृषी उपज उत्पादनको केन्द्र बिन्दु रहेको ईश्वरपुरमा राष्ट्रिय खाद्य बैंक स्थापना गर्न सम्झौता गरिएपछि सो क्षेत्रका किसानहरु खुसी भएका छन् ।
जैविक विविधताको संरक्षण,जमिनभित्रको पानीको संरक्षण र भरण लगायतका कार्यहरुको सम्बन्धित वस्तुको इकोसिष्टममा नगरपालिकाबाट पूर्ण अगुवाईमा संरक्षण र समन्वयमा प्रयोग गर्ने गराउने र आवश्यकता परेमा डि.पि.आर.समेत बनाउदै कार्यक्रम संचालन गर्ने,आम कृषक,कृषि सहकारी तथा उद्यमशील महिला तथा पुरुषहरु कृषि उत्पादनमा जोडिन त्रिपक्षीय पहलमा प्रभावकारी कार्यक्रमहरु सञ्चालनमा ल्याउने र सम्झौता अवधि भने दुवै पक्षबीच छलफल गरेर मात्र कायम गरिने ईश्वरपुर नगरपालिका र राष्ट्रिय खाद्य बैंक बिच  भएको सम्झौतामा उल्लेख गरिएको छ ।
त्यसैगरी कृषक,उद्योगी तथा व्यापारीहरुलाई राष्ट्रिय खाद्य बैंकमा एकाकार तथा संस्थागत गर्नका लागि सहजीकरण गर्ने नगरपालिका र राष्ट्रिय खाद्य बैंक मिलेर काम गर्ने र कार्य योजना तयार गर्ने र संचालनमा ल्याउने,उत्पादित कृषि उपजहरु ढवबानीका लागि विद्युतिय सवारी साधनको खरिदका लागि दुवै पक्षको आपसी सहमति सहकार्यमा व्यवस्थापन गर्ने,नगरपालिका र राष्ट्रिय खाद्य बैंक तथा उत्पादक समूहहरु बीच त्रिपक्षीय समन्वयमा उत्पादित कृषि वस्तुहरुको मूल्य निर्धारण गर्ने,तालिम,गोष्ठी,सेमिनार,छलफलका लागि पुर्ण व्यवस्थापनमा सहयोग पुर्याउने सम्झौतामा उल्लेख गरिएको नगर उप प्रमुख रन्जिता देवी चौधरीले जानकारी दिईन् ।
उनका अनुसार सहुलियत ऋण र किसान कार्ड कार्यक्रम कार्यक्रम अन्तर्गत कृषि विकास बैंकवाट जारी गरिएको तथा वि.पे.को समन्वयमा राष्ट्रिय खाद्य बैंक लि.मार्फत व्यवसायिक कृषकलाई विना धितो सहूलियत दुई लाखदेखि पाँच लाखसम्मको किसान क्रेडिड कार्ड व्याजमा ऋण उपलब्ध गराउने भएकाले सो कार्ड प्राप्तिका लागि व्यवसायी कृषकलाई नगरपालिकाले सिफारिस गर्ने र राष्ट्रिय खाद्य बैंक लि.मा र नाम पहिचान सहितको फारम उपलब्ध गराउने, २० प्रतिशत नगद रकम लिन पाइने र बाँकी रकम कार्डको माध्यमबाट बस्तु र सेवा लिन सकिने सम्झौतामा उल्लेख गरिएको छ ।
माइक्रो कोल्ड स्टोर परियोजना अन्तर्गत माइक्रो कोल्ड स्टोरको सम्पूर्ण निमार्ण राष्ट्रिय खाद्य बैंक लि.बाट गरिने स्टोरको लगानी र सञ्चालन नगरपालिका र बैंकले आवश्यक पर्ने कामहरु गर्न योजना बनाएर दुवैपक्षको सहमतिमा कार्यान्वयन गर्ने सम्झौतामा उल्लेख गरिएको छ । साथै पेलेट वच्चा र पशुपक्षीहरुका साथै माछाको दाना,विक्री वितरण तथा दाना,विज्ञ परामर्श सेवा,कृषि औजार र औषधी लगायतको सामाग्रीहरु उपलब्ध गराउने र सो वापत कृषकहरुबाट उत्पादित बस्तुहरु खरिद गर्न केही समस्या भएमा दुवै पक्षविच समन्वय गरेर समस्या समाधान गर्ने,प्रादेशिक कार्यालय र राष्ट्रिय खाद्य गोदाम,प्याकेजिङ सेन्टरका लागि आवश्यक भौतिक संरचनाको व्यवस्थापनमा पूर्ण साथ र सहयोग तथा समन्वय गर्ने,खाद्यान्न,दलहन तथा तेलहन र सक्खर तथा विभिन्न खाद्य उद्योगहरुसंग समन्वय गरी उत्पादित वस्तुहरु बैंकलाई उपलब्ध गराउन पहल तथा सहजिकरण गर्ने लगायतका विषयमा नगरपालिका र राष्ट्रिय खाद्य बैंक बिच सम्झौता भएको इश्वरपुर नगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार