Close This

हरिवनबाट ठुलो परिमाणमा लागु औषध बरामद्

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-८ गते   १४३० पटक हेरिएको

सर्लाहीको हरिवनबाट प्रहरीले ठूलो परिमाणमा प्रतिवन्धित लागूऔषध बरामद गरेको छ ।
हरिवन नगरपालिका–६, घुर्कौलीस्थित कलटोलबाट डाइलक्स डिसी १०१ बोतल, वालरेक्स १९८ बोतल, नाइट्रोभेट ८९८ पिस र स्पास्मो प्रोक्सीभान २८८ पिस बरामद गरेको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेन्द्र प्रसाद उपाध्यायले जानकारी दिनु भयो । 
गस्तीमा रहेको प्रहरी टोलीले मोटरसाईकललाई शंकालागि चेकजाँच गर्ने क्रममा सो परिमाणमा लागुऔषध बदामद् भएको हो । आईतबार जानकीनगरबाट हरिवनतर्फ आइरहेको बा. ६२ प ४६४१ नम्बरको मोटरसाइकल रोक्न खोज्दा दुई जना लागूऔषध कारोवारी मोटरसाइकल र लागूऔषध छाडेर फरार भएका प्रहरी निरिक्षक उपाध्यायले बताउनु भयो । प्रहरीले मोटरसाइकल धनीलाई भने नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ । 
मोटरसाईकल धनीकै माध्यमबाट लागूऔषध ओसारपसारमा संलग्नहरुको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । भने फरार रहेकाहरुको बारेमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech