सर्लाहीका मिटर ब्याजी पीडितहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । जिल्लामा रहेका केही साहु महाजनले सोझासाझा जनताहरूलाई विभिन्न कामको लागि भनेर पैसा ब्याजमा दिंदा साँवा रकमको चार गुणा बढीको तमसुक गराई,जग्गा दृष्टिबन्धक तथा रजिष्ट्रेशन समेत गराइ चर्को ब्याज दरमा ऋण दिने गरेकोले त्यस्ता मिटर ब्याजीहरूलाई आवस्यक कार्यवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई मिटर ब्याजी पीडितहरुले ज्ञापन पत्र बुझाएका हुन ।
जिल्लाको हरिपुर्वाका गणेश कुमार यादव,मलंगवाका मुकेश पंडित,कौडेनाकामो.हुसैन खान,ब्रम्हपुरीका बिजय कुमार यादव,विष्ण्का मनोज कुमार यादव,उमेश राय र कबिलासीका राम गोविन्द यादव सहितको टोलीले प्रमुख जिल्ला अधिकारी गौतमलाई कार्यकक्ष मै पुगेर ज्ञापनपत्र बुझाएका हुन्। जिल्लाका केही मिटर ब्याजी साहुहरुले ऋणीहरुबाट सम्पूर्ण रकम भुक्तानी लिई सकेका भएपनि तमसुक कागज फिर्ता नगरी उल्टै साहुले केही समयपछि सोही रकमको नयाँ तमसुक गराइ पुरानो तमसुक फिर्ता गर्नुको साटो पैसा नतिरेको भन्दै पुरानै तमसुकबाट ऋणी माथि मुद्दा चलाउने जस्ता कार्य गर्दै दृष्टि बन्धक तथा रजिष्ट्रेसन गराइएका जग्गा मनोमानी ढंगले बिक्री गरि सोझा साझा ऋणीलाई उठिबास बनाएको मिटर ब्याजी पीडितहरुको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
त्यस्ता व्यक्तिहरुलाइ कार्यवाही गर्न नेपाल सरकार गृह मन्त्रालयले परिपत्र समेत गरि सकेको भएपनि हालसम्म कसैलाई कार्यवाही नगरिएकोले आफुहरु ज्ञापन पत्र लिएर जिल्ला प्रशासन कार्यालय आएका मिटर व्याजी पीडित मनोजकुमार यादवले बताउनु भयो । गृह मन्त्रालयले जेठ २७ गते मिटर व्याजीहरु माथी कडा भएर लाग्न निर्देशनात्मक पत्र पठाएको र आफुहरु सोही अनुसार लाग्न तयारी गरि रहेकोसर्लाहीका प्रमुख जिल्ला अधिकारी गौतमले बताउनु भयो ।
उता,महोतरीको गौसलाबाट मिटर व्याजी साहु महाजन सन्जय रौनियार पक्राउ परेका छन् । गौसलाबाट पक्राउ परेका रौनियारलाई ईलाका प्रहरी कार्यालय बर्दिवासको हिरासतमा राखेर अनुसन्धान जारीरहेको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण पंगेनीले बताउनु भयो । ईलाका प्रहरी कार्यालय बर्दिवासको नियन्त्रणमा रहेका साहु महाजनको विषयमा आफ्नो सवुत कागजात लिएर पीडितहरु जाँदा ईलाकाप्रहरी कार्यालय बर्दिवासका प्रहरी प्रमुख प्रहरीनायव उपरिक्षक रवी रावलले समय नदिएका मिटर व्याजी पीडितहरुको गुनासो छ । नाम नबताउने सर्तमा एक पीडितले डिएसपी साबले बोलाएर आएको १२ बजे आइको थिएँ । तरडिएसपी साबले चार बजेमात्र भेट्न सक्छु भन्दै साहु महाजनलाई आफ्नो कार्यकक्षमा लगेर रकम डिल गरेको उनले आरोप लगाए । \प्रहरी हिरासतमा रहेका मानिसलाई ज्वाईको जस्तो व्यावहार गरिनुले यस पटक पनि आफुहरुले न्याय पाउने आश मरेको उनको गुनासो छ । उनले भने डिएसपी साबले भेट्न नमान्नु उहाँको कार्यकक्षमा साहु महाजन संजय छन् । गोप्य रुपमा रकमको डिल भएको आशंका लाग्यो ।