सर्लाहीमा नारी सुरक्षाको माग गर्दै शान्तीपुर्ण विरोध प्रदर्शन

2.6k Shares

देशमा अत्याधिक रुपमा बढ्दै गइरहेको बलात्कार र एसिड आक्रमण जस्ता जघन्य अपराधका घटनामा संलग्नलाई कडा कार्बाही गर्ने कानून बनाएर नारीको सुरक्षा गरोस् भन्ने दबाब दिने सर्लाहीमा  बिरोध प्रदर्शन गरिएको छ।
शनिबार बहान १ घण्टा जिल्लाका विभिन्न स्थानमा शान्तीपुर्ण विरोध प्रदर्शन गरिएको हो । सर्लाहीमा लालबन्दी,हरिवन,ईश्वरपुर,बागमती,हरिपुर र मलंगवा लगायतका स्थानमा बलात्कार तथा एसिड आक्रमणको घटनामा संलग्नहरुलाई कडा कानुनी कारवाहीको माग गर्दै पर्चा, पप्लेट बोकेर शान्तीपुर्ण विरोध प्रदर्शन गरिएको हो । 
प्रदर्शनमा जो बोल्दैन उ बलात्कारी, जो सुन्दैन उ बलात्कारी, तिमी बलात्कारी, मौन बसेको सरकार किन बढ्दै छ बलात्कार, छोटो लुगाले होइन छोटो सोचले हुन्छ बलात्कार जस्ता नारा लेखिएको प्ले कार्ड सहित बिभिन्न स्थानिय निकायका जनप्रतिनिधीहरु, युवा युवती विद्यार्थी र महिला अधिकारकर्मिहरुको उपस्थिती रहेको थियो। पछिल्लो समयमा देशमा जताततै बलात्कारका घटना दिनप्रतिदिन बढ्दै गइरहेका छन ।

सम्बन्धित समाचार