लगातारको अत्यधिक गर्मीपछि वर्षा भएपनि सर्लाहीमा शित्तल हुँदा राहत्त भएको छ।असोज ५, ६ र ७ गते यस वर्ष कै सबैभन्दा धेरै गर्मी खेपेका सर्लाहीवासीले विगत तीन दिनदेखि पानी परेपछि शित्तल महसुस गरेका छन् । असोज ८ गतेबाट मौसममा अचानक परिवर्तन आई पानी परेपछि घाम चर्किएको छैन् भने दिनभर नै पानी पर्ने र रोकिने क्रम चलिरहेका कारण शित्तल महसुस भएको स्थानीयले बताए ।पानी परेपछि साँझपख चिसो हावा चलिरहेकाले सामान्य जाडोको महशुस हुन थालेको स्थानीयको भनाई छ ।तीन दिनअघि खप्नै नसक्र्ने गर्मी खेपेका सर्लाहीवासी अहिले भने मौसममा आएको बदलीपछि शित्तल हुँदा खुसी भएका छन् ।
पानी परेपछि धानलाई निकै राहत्त मिलेको जिल्लाका किसानहरुको भनाई छ।सर्लाहीमा थोरै स्थानहरुमा धान पाकेको भएपनि धेरै स्थानमा धान पसाउन लागेको छ।आगामी आइतवारसम्म नै भारी वर्षा हुने अनुमान गरेको जल तथा मौसम विज्ञान पुर्वानुमान महाशाखाले पाकिसकेको धान पनि तत्काल नकाट्न आग्रह गरेको छ ।अहिले परेको पानीले गर्मी घटाए पनि भर्खरै सारिएको गोलभँेडा,कोभीलगायत अन्य तरकारी बालीको बेर्ना नष्ट गरेको किसानहरुको गुनासो छ।