फेरि भेटाैँला कार्यक्रममा जग्गादाता सम्मानित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-५ गते   २४४ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ३ र ६ मा अस्थायी प्रहरी चाैकी स्थापना गर्न जग्गा दिने जग्गा दाताहरुलाई सम्मान गरिएको छ । हरिवन नगरपालिका ३ स्थित अत्राैली र हरिवन नगरपालिका ६ घुर्काैलिमा अस्थायी प्रहरी चाैकी स्थापना गर्न जग्गा दिने ३ जनालाई सम्मान गरिएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएकाे छ ।
 हरिवन नगरपालिका ३ अत्राैलीमा माेहमद नुरुल हकले ३ कठ्ठा  र हरिवन नगरपालिका ६ स्थित घुर्काैलीमा ईन्द्रमणी मैनाली र अनिलरमण मैनालीले गरि ३ कठ्ठा जग्गा दिनु भएकाे थियाे । प्रहरी चाैकी स्थापना गर्न जग्गा दिने जग्गादातालाई सम्मान गरिएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक भुपेन्द्र गिरीले जानकारी दिनुभयाे ।
निर्वाचन विशेष र भाैगाेलिक क्षेत्र ठुलाे रहेका कारण साे क्षेत्रमा  अस्थायी प्रहरी चाैकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पाेख्रेलले जानकारी दिनुभयाे ।
ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक गिरीलाई   फेरि भेटाैला कार्यक्रममा प्रहरी चाैकीलाई जग्गा दिने जग्गादातालाई सम्मान गरिएको हाे ।
विगत ८ महिना पहिला काजमा हरिवन आउनु भएका प्रहरी निरिक्षक गिरीकाे सरुवा भएको छ । भने उहाँको स्थानमा प्रहरी निरिक्षक मुकेश ताम्राकार आउनु हुने भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech