कुनै पनि राजनीतिक दलसँग एकल बहुमत नभएकाले राजनीतिक स्थिरता कायम नभएको एमाले वरिष्ठ उपा अध्यक्ष पोखरेलको भनाई

67 Shares

कुनै एक दलको बहुमत नहुँदा देश बर्बादीमा परेको नेकपा(एमाले)का वरिष्ठ उपा अध्यक्ष ईश्वर पोखरेलले बताए ।नेकपा(एमाले)सर्लाहीको प्रथम प्रतिनिधि परिषद् बैठकलाई सम्वोधन गर्न आईतबार(आज) सर्लाही आएका वरिष्ठ उपा अध्यक्ष पोखरेल यस्तो बताएका हुन ।उनले अहिले कुनै पनि राजनीतिक दलसँग एकल बहुमत नभएकाले राजनीतिक स्थिरता कायम नभएर देश बर्बाद भएको बताउनु भयो।“कुनै दलसँग बहुमत नभएकाले अहिलेको स्थिति आएको हो,राजनीतिक स्थिरता कायम नभएसम्म यही अवस्था रहिरहन्छ।”उनले बताए ।
“छ÷छ महिनामा सरकार फेरिने समस्या दुखद् रहेको”बताउँदै वरिष्ठ उपा अध्यक्ष पोखरेलले २०८४ को निर्वाचनमा नेकपा(एमाले)ले एकल बहुमत ल्याउने दाबी समेत गरे । आगामी निर्वाचनमा एमालेको लक्ष्य एकल बहुमत ल्याउने रहेकाले पार्टीका नेता कार्यकर्तालाई जनतामाझ समस्या सुन्ने र त्यसको समाधान गर्ने काममा केन्द्रित हुन उनले निर्देशन समेत दिए । उनले एमाले मजबुद भएपछि देशले निकास पाउने समेत दावी गरे ।
आगामी निर्वाचनमा मधेश प्रदेशमा एमालेको उपस्थिति अझ बलियो हुने एमालेका सचिव एवम मधेश प्रदेशका इन्चार्ज योगेशकुमार भट्टराईले दावी गरे ।एमालेकी नेतृ तथा कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह,रक्षामन्त्री हरिप्रसाद उप्रेती,मधेश प्रदेशका अध्यक्ष चन्देश्वर मण्डल लगायतले कार्यक्रमलाई सम्बोधन गरेका नेकपा(एमाले) सर्लाहीका अध्यक्ष राजनारायण साहले जानकारी दिए ।नेकपा(एमाले) सर्लाहीले चैत्र मसान्त सम्म जिल्ला अधिवेशन गर्ने तयारी स्वरुप प्रतिनिधि परिषद् बैठक आयोजना गरेको हो ।

सम्बन्धित समाचार