Close This

आफ्नो सवारीले ठक्कर नदिएको मन्त्री साहको भनाई,अतिरंजित गरेको आरोप

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-१८ गते   ३२६ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ९ मा भएको सवारी दुर्घटनालाई लिएर सहरी विकास मन्त्री प्रभु साहले आपति जनाउनु भएको छ । उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आफु सवार गाडीबाट झुकिएर लडेर घाइते भएको विषयलाई लिएर विभिन्न मिडियामा अतिरंजित पार्ने खालका समाचार सम्प्रेषण भएको भन्दै आपति जनाउनु भएको हो ।
आज(शनिबार) रौतहटबाट महोतरी जाने क्रममा सर्लाहीको हरिवन चोकमा म चढेको गाडीबाट झुकिएर लडेको व्यक्तिलाई केही नभएकाले ढुक्क भएर हिडेको सामान्य विषयलाई “ठक्कर दिएर भागे”भनेर मेरो बदनाम गर्ने उद्धेश्यले केही अनलाइन  मिडियाले अतिरंजित ढंगले प्रचार गर्नु र सर्लाही प्रहरीलाई मेरो यात्राबारे सम्पुर्ण जानकारी हुँदाहुँदै पनि नेपाल प्रहरीले मन्त्री प्रभु साहको गाडी“खुलेको” भन्ने भ्रमपुर्ण वक्तव्य दिन गैर जिम्मेवार रुपमा प्रस्तुत भएको दुःखद विषय प्रति मेरो गंभिर ध्यानाकर्षण भएको छ । उहाँले आफ्नो फेसबुक वालमा लेख्नु भएको छ ।
साथै उहाँले सर्लाही प्रहरीले सुरक्षा दिनु र सवारी सहजीकरण गर्नुको सट्टा अफवाह फैलाउने काम गर्नु आपतिजनक भएको उल्लेख गर्नु भएको छ । शनिबार दिउँसो मन्त्री साहको १ झ ३८४२ नम्बरको जिपले लालबन्दी नगरपालिका–८ का ३० वर्षीय बच्चु तामाङलाई ठक्कर दिएको भन्ने समाचार सम्प्रेषण गरिएको थियो भने हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाईले मन्त्री साहको सवारीले ठक्कर दिएर घाइते भएका भनिएका तामाङको उपचार खर्च आफुले जिम्मा लिनु भएको थियो । उहाँले मन्त्री ज्युको सवारीले ठक्कर दिएर घाइते भएका तामाङको उपचार खर्च म बेर्हो छु र मन्त्री ज्यु पनि घाइतेलाई भेट्न साँझ सम्ममा हरिवन आइपुग्ने बताउनु भएको थियो ।

यता सर्लाही प्रहरीले पनिमन्त्री साहको गाडी रहेकोर सो विषयमा आफुहरुले माथि जानकारी गराइसकेको जानकारी गराएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech