सर्लाहीको लालबन्दी नगरपालिका १६ पवानीपुरमा भएको सवारी दुर्घटनामा १ जना घाईते भएका छन ।
सोमबार साँझ करिब ७ बजे भित्रि सडक खण्डमा परवानीपुरबाट रानीगंज तर्फ आउदै गरेको अन टेष्ट स्कुटी आफै अनियन्त्रित भई पल्टिदा स्कुटीका चालक लालबन्दी नगरपालिका १६ बस्ने बर्ष अन्दाजी २६ का बिष्णु गौतम घाईते भएका ईलाका प्रहरी कार्यालय लालबन्दीले जानकारी दिएको छ ।
घाईते गौतमको स्थानिय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि हेटैँडा स्थित चुरेहिल अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक नारायण थापाले जानकारी दिनु भयो । घाईते गौतमको कानबाट रगत बगेको प्रहरीले जनाएको छ ।