Close This

जनसास्कृतिक महासंघ प्रदेश २ मा रिजालको अध्यक्षतामा ५१ सदस्यीय कमिटि सर्वसहमत चयन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-२२ गते   १४१७ पटक हेरिएको

नेपाल कम्युनिस्ट पार्टी(माओबादी केन्द्र) निकट जन सास्कृतिक महासंघ प्रदेश २ को दोस्रो प्रदेश सम्मेलन सम्पन्न भएको छ । जन सास्कृतिक महासंघ प्रदेश २ को दोस्रो प्रदेश सम्मेलनले भक्ती रिजालको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । महोत्तरीको बर्दिबासमा सम्पन्न दोस्रो सम्मेलनले जनसास्कृतिक महासंघमा आबद्ध कलाकारहरुलाई एकताको केन्द्रमा जोड्दै  रिजालको अध्यक्षतामा ५१ सदस्यीय नया नेतृत्व चयन गरेको हो ।
महासंघका केन्द्रीय सदस्य तथा प्रदेश २ का ईन्चार्ज हिसन समालको अध्यक्षता एवम माओवादी केन्द्र प्रदेश २ का इन्चार्ज गणेश साहको प्रमुख आतिथ्यतामा भएको सम्मेलनले तीन बर्षे कार्यकालका लागि रिजालको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । महासंघको उपाध्यक्षमा घिसिङ्ग गिरि ,रमा ढकाल ,सचिवमा रामचन्द्र आरसी ,सहसचिवमा सम्झना राई र कोषाध्यक्षमा महिन मण्डल सहित अन्य सदस्यहरु सर्वसहमत चयन भएका नवनिर्वाचित सचिव आरसीले जानकारी दिनु भयो ।
कलाकारीताको माध्यमबाट समाज विकाशलाई अगाडी बढाई समृद्ध समाज र राष्ट्रको परिकल्पना गर्र्दे उदेश्यका साथ महासंघको गठन गरिएको महासंघका केन्द्रीय सदस्य तथा प्रदेश २ का ईन्चार्ज समालले बताउनु भयो । महासंघको गठनसंगै अब प्रदेश २ का सबै जिल्ला र स्थानिय निकायमा छरिएर रहेका नव प्रतिभा र कलाकारहरुलाई एकता गर्दै  संगठनात्मक विकाशमा लाग्ने महासंघले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech