नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नै नियुक्ति गर्न माग राखेर सर्लाहीको लालबन्दीमा पनि प्रदर्शन गरिएको छ । स्थानिय युवाहरुकोे अगुवाईमा शनिबार बिहान प्रदर्शन गरिएको हो ।
दिनमा १८ घण्टासम्मको लोडसेडिङबाट मुलुकलाई लोडसेडिङमुक्त बनाएको मात्र हैन झण्डै टाट पल्टिने अवस्थामा पुगेको विद्युत प्राधिकरणलाई नाफामा पुर्याएका कुलमान घिसिङलाई पुनः नियुक्ति नदिएर वर्तमान केपी ओली सरकारले आम नेपाली जनताको चाहनामाथि कुठाराघात गरेको युवाहरुको भनाई छ ।
कुलमान घिसिङको फोटो सहितको ठूलो ब्यानर बोकेर केहीबेर लालबन्दीमा प्रदर्शन गरेका उनीहरुले बरु गोली खाईन्छ कुलमान घिसिङ चाहिन्छ,नाराबाजी सहित कुलमानको पक्षमा तथा सरकारको विरोधमा प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागि युवाहरुले मोटरसाईकलमा र्याली तथा प्रदर्शन गरेका हुन । घिसिङको चारवर्षे कार्यकाल आइतबार पुरा भएको थियो । मंगलबार प्राधिकरणले उनको बिदाइ गरेको छ ।