Close This

लालबन्दीले लक डाउनको मोडल फेर्यो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-१३ गते   १२०८ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाले लक डाउनलाई फरक तरिकावाट लागु गर्ने भएको छ । पुर्ण रुपमा लक डाउन गरिदा नगरबासीमा असुविधा पुगेको भन्दै निश्चीत स्वास्थ्य मापदण्ड अपनाएर लक डाउनलाई सहज रुपमा लागु गर्ने निर्णय गरिएको नगर प्रवक्ता तथा वडा वडा नम्बर ८ का वडा अध्यक्ष राजन कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
नियमित रुपमा लाग्ने थोक तरकारी बजारलाई पुर्ण रुपमा बन्द गरि तरकारी उत्पादक किसानहरुको खेतबारी मै पुगेर तरकारीको खरिद बिक्रि गर्ने, नियमित रुपमा लाग्ने हाटबजारलाई अर्काे सुचना जारी नभए सम्मका लागि पुर्ण रुपमा बन्द गर्ने नगरपालिकाले निर्णय गरेको छ । 
त्यसैगरी खुद्रा तरकारी बजार स्वास्थ्य मापदण्ड अपनाई बिहान ५ देखि १० बजे सम्म सञ्चालन गर्न दिने,दैनिक उपभोग्य सामानहरुका पसलहरु बिहान १० देखि दिउँसो १ बजे सम्म सञ्चालन गर्ने, स्वास्थ्य मापदण्ड अपनाई बैँक तथा वित्तिय संस्थाहरु बिहान १० देखि दिउँसो १ बजे सम्म सञ्चालन गर्न दिने लगायतका निर्णयहरु गरिएको नगरपालिकाद्धारा जारी गरिएको  विज्ञप्तीमा उल्लेख गरिएको छ ।
अनावश्यक बजारमा हिडडुल नगर्न साथै आवश्यक काममा घर बाहिर जाँदा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरिएको नगर उप प्रमुख शान्ती लामाले बताउनु भयो । लक डाउनलाई पुर्ण रुपमा कडाइका साथ लागु गर्दा नगरबासीमा असुविधा पर्न गएको भन्दै यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech