Close This

माओवादी केन्द्र प्रदेश २ को अधिवेशनको बन्द सत्र सर्लाहीको लालबन्दीमा जारी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-१ गते   १७६१ पटक हेरिएको

नेकपा(माओवादी केन्द्र) प्रदेश न. २ को प्रथम प्रदेश अधिवेशनको बन्द सत्र सर्लाहीको लालबन्दीमा जारी रहेको छ । मंसिर २५ गते देशैभरका सातै प्रदेशमा एकैसाथ उद्धघाटन भएको प्रदेश २ को प्रथम अधिवेशनको बन्द सत्र लालबन्दीमा जारी रहेको छ । 
जनकपुरमा खुल्ला सत्रको उद्धघाटन गरिएको भएपनि बन्द सत्र प्रदेश २ कै मध्य भाग भएकाले सर्लाहीको लालबन्दीमा गरिएको नेकपा(माओवादी केन्द्र) प्रदेश २ का अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिनु भयो । उहाँका अनुसार अधिवेशनमा आउने प्रतिनिधिहरुका लागि व्यावस्थापनमा सर्लाही सहज हुने भएका कारण पनि सर्लाहीको लालबन्दीमा बन्द सत्र गरिएको हो ।
अधिवेशनको बन्द सत्र चलिरहेको सयममा नेकपा(माओवादी केन्द्र) प्रदेश २ ले बन्द सत्र,प्रदेशका पदाधिकारीहरुको चयन लगायतका विषयमा जानकारी गराउन पुष २ गते(भोली बिहान पत्रकार सम्मेलनको समेत आयोजना गरेको छ । प्रेस सेन्टर नेपाल सर्लाहीको आयोजनामा हुने पत्रकार सम्मेलनमा प्रदेश २ कोअधिवेशन,बन्द सत्र,पदाधिकारी चयन लगायतका विषयमा छलफल हुने नेकपा(माओवादी केन्द्र)का नेताहरुले बताएका छन् ।
देशकै कमजोर संगठन रहेको प्रदेश २ मा केन्द्रले प्रह्लाद बुढाथोकीलाई प्रदेशको अध्यक्ष बनाएर पठाएको थियो । वडा,गाउँ तथा नगर र जिल्लाको  अधिवेशन गर्दै अहिले माओवादी केन्द्र प्रदेश अधिवेशनमा केन्द्रीत रहेको छ । प्रदेश २ का आठै जिल्लाबाट  प्रदेश अधिवेशनमा करिब १ हजार जना प्रतिनिधिहरुको सहभागीता रहेको माओवादी केन्द्र प्रदेश २ ले जनाएको छ । अहिले जारी अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ । भने सर्वसहमत नेतृत्व चयन र प्रदेशको अधिवेशन शान्त,सुव्यवस्थीत बनाउने विषयमा पार्टीका नेताहरु लागि परेका माओवादी केन्द्र जिल्ला समन्वय समिति सर्लाहीका संयोजक कमल बुढाथोकीले जानकारी दिनु भयो । उहाँका अनुसार प्रदेशका पदाधिकारीहरु र प्रदेश कमिटिलाई विवाद रहित र सर्वसहमत बनाउने विषयमा छलफल जारी रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech