नेकपा(माओवादी केन्द्र)ले देशको संवैधानिक व्यवस्था विपरीत वर्तमान संसदलाई विघटन गर्ने निर्णय भएको प्रति असहमति जनाएको छ।देशको वर्तमान परिस्थितिलाई लिएर माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड)को अध्यक्षतामा उपलब्ध पदाधिकारीहरुको आकस्मिक भर्चुअल बैठकले देशको संवैधानिक व्यवस्था विपरीत वर्तमान संसदलाई विघटन गर्ने निर्णय गरिएको प्रति गम्भीर रुपमा असहमति रहेको निर्णय गरेको माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
उनका अनुसार संघीय लोकतान्त्रीक गणतन्त्र नेपाल र नेपालको संविधान २०७२ को परिकल्पनाकार माओवादी केन्द्रलाई देशको संवैधानिक व्यवस्था विपरीत वर्तमान संसदलाई विघटन गर्ने निर्णय स्वीकार्य नहुने भन्दै असहमति जनाएको हो ।
माओवादी केन्द्र सहित नेकपा(एमाले) र नेपादली कांग्रेसले अन्तरिम सरकार गठन गर्दापनि वर्तमान प्रतिनिधि सभा भित्रैबाट हुनु पर्ने माग राख्दे संविधानको रक्र्षाथ भन्दै संयुत्त आन्दोलन नै गरेका थिए।तर“जेन जी”पुस्ताको आन्दोलन पछि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधान न्यायधीश सुसिला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरि सकेका छन् ।भने उनले अब प्रतिनिधि सभा विघटन गर्ने सम्भावना रहेको छ ।