१८ कराेड १४ लाखमा बागमती नगरपालिका १२ मा सुविधा सम्पन्न आर्यघाट निर्माण हुने

1.6k Shares

शंखर पहाडी(गाैरब)
सर्लाहीको बागमती नगरपालिका १२ मा करिब सवा १८ कराेडकाे लागतमा सुविधा सम्पन्न आर्यघाट निर्माण हुने भएको छ । बागमती नगरपालिका सहित छिमेकी स्थानीय तहकाे समन्वयमा बागमती नगरपालिका १२ स्थित बागमती नदी किनारमा रु १८ कराेड १४ लाखमा  सुविधा सम्पन्न र मधेश प्रदेशकै सबैभन्दा ठुलो आर्यघाट निर्माण हुने भएको हाे ।
बागमती नदी किनारमा सुविधा सम्पन्न आर्यघाट नहुँदा स्थानीयले जताततै दाहसंस्कार गरि रहेका र मलामीहरुलाई पनि दाहसंस्कार अवधिभर बस्ने सुरक्षित स्थान नभएको भन्दै गुनासाे आएपछि बागमती नगरपालिकाले  मधेश प्रदेश कै सबैभन्दा ठुलाे सुविधा सम्पन्न आर्यबाट निर्माण गर्न लागेकाे बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए ।
उनका अनुसार  मधेश प्रदेश कै सबैभन्दा ठुलाे र  सुविधा सम्पन्न आर्यघाट निर्माण गर्न लागिएकाे हाे ।
एकै पटकमा १४ वटा सम्म शवकाे दाहसंस्कार गर्न सकिने गरि करिब १० बिघा क्षेत्रफलमा रु १८ कराेड १४ लाखकाे लागतमा १८ महिनामा सक्ने गरि पृथ्वी ईन्जिनियरिङ एण्ड विल्डर्स प्रा.लिले आर्यघाट निर्माणकाे ठेक्का लिएको बागमती नगरपालिकाले जनाएको छ ।
शिवकाे मुर्ती,खेल मैदान,फुलवारी,शाैचालय, गाेट, धाराे,चाैताराे,दाउरा स्टाेर, प्रतीक्षालय र एशम्पीथियटर सहित बागमती नगरपालिकाले सुविधा सम्पन्न आर्यघाट निर्माण गर्न लागेकाे बागमती नगरपालिकाकी उपप्रमुख लिला कुमारी माेक्तानले जानकारी दिईन् ।

सम्बन्धित समाचार