Close This

प्रधानमन्त्री ओलीको गैर वैधानिक कदम विरुद्ध नेकपा सर्लाहीको प्रदर्शन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-१४ गते   ३४२ पटक हेरिएको

प्रतिनिधि सभा  विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीले मंगलबार जिल्ला सदरमुकाम मलंगवामा सरकार विरुद्ध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनमा प्रचण्ड–नेपाल–खनाल समूहका नेता कार्यकर्ताहरुको हजाौँको संख्यामा सहभागीता रहेको  नेकपा सर्लाहीले जनाएको छ ।
 जिल्लाका विभिन्न स्थानबाट जिल्ला  सदरमुकाममा पुगेर विरोध ¥यालीमा सहभागी भएका नेकपाका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्काे विरोध गरेका नेकपा सर्लाहीका जिल्ला सचिव कमल बुढाथोकिले जानकारी दिनु भयो ।
 जिल्ला सदरमुकाम मलंगवाको बजार परिक्रमा गरी शहीद चोकमा पुगेर विरोध र्याली कोण सभामा परिणत भएको थियो । विरोध सभालाई पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवमं पार्टीका केन्द्रीय सदस्य रामेश्वर राय, अर्का केन्द्रीय सदस्य एवम पार्टी जिल्ला इन्चार्ज डाचाराज वाग्ले र जिल्ला अध्यक्ष रेवती पन्तले सम्वोधन गर्नु भएको अनेरास्ववियूका जिल्ला संयोजक विवेक मैनालीले जानकारी दिनु भयो ।
विरोध र्यालीमा पुगेका नेकपाका नेता तथा कार्यकर्ताहरुले  झण्डा बोकेर टाउकोमा कालो पट्टी बाँधी प्रधानमन्त्री ओलीको चर्काे विरोध गरेका थिए ।  संविधानलाई लत्याउँदै प्रधानमन्त्री ओलीले चालेको कदमको कार्यक्रममा सहभागी वक्ताहरुले चर्को विरोध गरेका थिए । नेकपाको प्रचण्ड–नेपाल–खनाल गुटले मंगलबार देशभर नै एकैसाथ यसरी प्रदर्शन गरेको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech