सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित डुमडुमे मन्दिर नजिकैबाट प्रहरीले अवैध लागु औषध कोडिवेल र लाईट्राभेट सहित एक जनालाई नियन्त्रणमा लिएको छ । लालबन्दी नगरपालिका ७ स्थित पुर्व पश्चिम लोकमार्गको डुमडुमे मन्दिर नजिकैबाट प्रहरीले अवैध लागु औषध कोडिवेल ७१ बोतल र लाईट्राभेट छ सय ट्याबलेट सहित एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेश राज सुवेदीले जानकारी दिए ।
उनका अनुसार विषेश सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज र शाखा कार्यालय जनकपुरको टोलीसंग ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीको टोलीले लालबन्दी नगरपालिका ७ स्थित पुर्व पश्चिम लोकमार्गको डुमडुमे मन्दिर नजिकैबाट प्रहरीले अवैध लागु औषध कोडिवेल ७१ बोतल र लाईट्राभेट छ सय ट्याबलेट सहित भारत सितामडी जिल्ला बथन्हा थाना पनडौल पन पाखर ग्राम पंचायत वडा नं. १३ का अन्दाजी वर्ष ३७ का सन्तोष साहलाई विआर ३० त ७०९३ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिइएको हो ।
विआर ३० त ७०९३ नम्बरको भारतिय मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकलको पछाडी पँहेलो बोरामा बाधी ल्याएको अवस्थामा अवैध लागु औषध कोडिवेल ७१ बोतल र नाईट्राभेट–१० लेखिएको ट्याबलेट छ सय पिस बरामद् भएकोले ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक शान्तराम कार्कीले जानकारी दिए ।
उनका अनुसार नियन्त्रणमा लिइएको अवैध लागु औषध,मोटरसाईकल र साहलाई ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा राखेर थप अनुसन्धान सुरु भएको छ । भने सिमानाकामा कडाई गरिएको भएपनि सो लागु औषध कहाँबाट नेपाल प्रवेश गर्यो सो विषयमा आवश्यक अनुसन्धान गरिने प्रहरी उपरिक्षक सुवेदीले बताए ।