राम्रो वर्षा भएपछि सर्लाहीमा धान रोपाइँ सुरु भएको छ ।असारको दोस्रो साताबाट पानी पर्न सुरु भएसँगै जिल्लामा धान रोपाइँ सुरु भएको हो।जिल्ला भरकै किसान रोपाइँको काममा व्यस्त हुन थालेका छन्।धानको बिउ तयार भइसकेको किसानहरुले रोपाइँ सुरु गरेका छन् भने बिउ तयार हुन बाँकी किसानहरुले रोपाइँका लागि खेतको आलिभित्ता गरेर राखेका कृषि ज्ञान केन्द्र मलंगवा सर्लाहीका निमित्त प्रमुख देवानन्द रायले बताए ।
सर्लाहीमा ४६ हजार हेक्टर जग्गामा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र मलंगवा सर्लाहीको तथ्यांकमा उल्लेख गरिएको छ।अहिले प्रायःकुलो,नगर र बोरिङको पानीबाट रोपाइँ सुरु भएको रायले बताए ।पछिल्लो समय खेती लगाउन मजदुरको अभाव भएको किसान राम पुकार महतोले बताए ।उनका अनुसार अधिकांश युवा वैदेशिक रोजगारीमा जाँदा धान रोप्ने तथा अन्य बाली लगाउने बेला काम गर्ने मानिस पाउन मुस्किल पर्ने गरेको छ ।खेतमा काम गर्ने कामदारको अभाव,खडेरी र समयमै मलखाद नपाउँदा धानसहित अन्य कृषि उत्पादनमा वर्षेनि गिरावट आइरहेको कृषि ज्ञान केन्द्र मलंगवा सर्लाहीले जनाएको छ ।