Close This

अविरल वर्षाका कारण पुर्व पश्चीम लोकमार्ग नै डुबानको चपेटामा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-५ गते   ३०३ पटक हेरिएको

आईतबार र सोमबार परेको मुसलधारे वर्षाले जिल्लाको पूर्व–पश्चिम लोकमार्ग क्षेत्रमा समेत डुबानको समस्या देखिएको छ । सर्बसाधारणले आफुखुशी बनाएको घर लगायत संरचना तथा पछिल्लो केही वर्षयता टोलटोलमा निकास बिना केही उचाईका साथ सडक कालोपत्रेको काम भएकाले उत्तरी क्षेत्रमा समेत डुबानको समस्या निम्तिएको हो ।
 आईतबार दिउँसो देखिनै परेको अविरल वर्षाका कारण  पुर्व पश्चीम लोकमार्ग क्षेत्र डुबानमा परेको छ भने सवारी साधनहरु बढी तथा डुवानको चपेटामा परेका छन । उक्त वर्षाले उत्तरी क्षेत्रका लालबन्दी,नवलपुर,हरिवन, नयाँरोड, बागमती लगायत स्थानमा समेत कतिपय घरहरु डुबानमा परेको स्थानीयले गुनासो गरेका छन् । कतिपय ठाउँमा कालोपत्रे सडक सहित संरचनाहरुमा पानीले क्षति पु¥याएको छ ।
हरेक वर्षायाममा सदरमुकाम मलंगवा सहित दक्षिणी क्षेत्रका बजार एवं गाउँहरु जलमग्न हुने तथा वर्षाको पानीबाट समस्या झेल्दै आईरहेको भएपनि पछिल्लो दुईवर्षयता उत्तरी क्षेत्रमा समेत डुबानको समस्या देखिएको हो । २०५० सालको अविरल वर्षामा समेत जलमग्न नभएका उत्तरी क्षेत्रका बजार गाउँहरु अहिले केही समय पानी पर्दापनि डुबानको चपेटामा परेका छन ।
‘निकास बिनाको बिकासले डुबानको समस्या बढेको’ सामाजिक अभिययन्ता रजनिकान्त झाले बताउनु भयो । ‘नाला, ह्यूमपाईप, कल्भर्ट जस्ता निकास नै नदिएर सडकको हाईट बढाउँदै कालोपत्रे गर्ने क्रम बढिरहेको छ, घरहरु जताततै निर्माण भएकाले पनि समस्या सृजना भएको’झाले बताउनु भयो ।

आईतबार र सोमबारको अविरल वर्षाका कारण पुर्व पश्चीम लोकमार्गका केही लच्काहरुमा बाढस् आउँदा सवारी साधनहरु आवतजावतमा समेत समस्या सृजना भएको ट्राफिक प्रहरीले बताएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech