सिन्धुलीको तीनपाटन गाउँपालिकाले निकासी करको नाममा कृषि कर असुल्ने गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।केही समय पहिला चालु आर्थिक वर्षको कर संकलनका लागि गाउँपालिकाले ठेक्का लगाएको भएपनि ठेकेदार कम्पनीले सम्झौता विपरित जडिबुटी, कबाडी र जीवजन्तु बाहेकमा पनि कर लिएको पाईएप्छि कमलामाई मिडिया प्रा.लिले समाचार प्रकााशन गरेपछि ध्यानाकर्षण भएको गाउँपालिकाले अनुसन्धान सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगीले बताए ।
उनका अनुसार तीनपाटन गाउँपालिका भित्र निकासी करको नाममा कृषि कर असुल्ने कार्य नगरेको र गाउँपालिकाको आर्थिक वर्ष २०८२÷०८३ मा जडिबुटी,कवाडी र जीवजन्तु लगायतका वस्तुहरुको व्यावसायीक उपयोग तथा निकासी कर संकलन (काठजन्य वस्तु निकासी बाहेक)गर्ने कार्यको लागि ठेक्का लगाईएको हो ।

फापरचुली निर्माण सेवा प्रा.लि.संग गाउँपालिकाले गरेको सम्झौता अनुसार कृषिजन्य उत्पादित वस्तुहरुको निकासी कर संकलन गर्ने सम्बन्धमा कुनै सम्झौता नभएको गाउँपालिकाको राजश्व शाखाले जनाएको छ ।सम्झौतामा उल्लेख भएको भन्दा बाहिर गई कर संकलन गरेको भनी प्रमाणित भई आएमा सोही सम्झौतामा भएको शर्त अनुसार उठेको रकम सम्बन्धित पक्षलाई फिर्ता गर्न लगाईने समेत तीनपाटन गाउँपालिकाले जनाएको छ ।
पालिकामा दर्ता नगराई तरकारी जन्य वस्तुहरु व्यापार,व्यवसाय र बिक्री प्रयोजनका लागि बाहिर निकासा गर्नुपर्ने भएमा सम्बन्धित व्यक्ति÷व्यावसायी,फर्म,समुह र सहकारीले गाउँपालिकाको कार्यालयमा दर्ता गर्न समेत गाउँपालिकाले अनुरोध गरेको छ ।सिन्धुलीको तीनपाटन गाउँपालिकाले निकासी करको नाममा कृषि कर असुल्ने गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।केही समय पहिला चालु आर्थिक वर्षको कर संकलनका लागि गाउँपालिकाले ठेक्का लगाएको भएपनि ठेकेदार कम्पनीले सम्झौता विपरित जडिबुटी, कबाडी र जीवजन्तु बाहेकमा पनि कर लिएको पाईएप्छि कमलामाई मिडिया प्रा.लिले समाचार प्रकााशन गरेपछि ध्यानाकर्षण भएको गाउँपालिकाले अनुसन्धान सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगीले बताए ।
उनका अनुसार तीनपाटन गाउँपालिका भित्र निकासी करको नाममा कृषि कर असुल्ने कार्य नगरेको र गाउँपालिकाको आर्थिक वर्ष २०८२÷०८३ मा जडिबुटी,कवाडी र जीवजन्तु लगायतका वस्तुहरुको व्यावसायीक उपयोग तथा निकासी कर संकलन (काठजन्य वस्तु निकासी बाहेक)गर्ने कार्यको लागि ठेक्का लगाईएको हो ।
फापरचुली निर्माण सेवा प्रा.लि.संग गाउँपालिकाले गरेको सम्झौता अनुसार कृषिजन्य उत्पादित वस्तुहरुको निकासी कर संकलन गर्ने सम्बन्धमा कुनै सम्झौता नभएको गाउँपालिकाको राजश्व शाखाले जनाएको छ ।सम्झौतामा उल्लेख भएको भन्दा बाहिर गई कर संकलन गरेको भनी प्रमाणित भई आएमा सोही सम्झौतामा भएको शर्त अनुसार उठेको रकम सम्बन्धित पक्षलाई फिर्ता गर्न लगाईने समेत तीनपाटन गाउँपालिकाले जनाएको छ ।
पालिकामा दर्ता नगराई तरकारी जन्य वस्तुहरु व्यापार,व्यवसाय र बिक्री प्रयोजनका लागि बाहिर निकासा गर्नुपर्ने भएमा सम्बन्धित व्यक्ति÷व्यावसायी,फर्म,समुह र सहकारीले गाउँपालिकाको कार्यालयमा दर्ता गर्न समेत गाउँपालिकाले अनुरोध गरेको छ ।