एमाले अध्यक्ष ओली बैशाख ३ मा सर्लाही आउने

3k Shares

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बैशाख ३ गते सर्लाही आउनु हुने भएको छ । एमाले सर्लाहीको पार्टी प्रवेश कार्यक्रममा सहभागी अध्यक्ष ओली सर्लाही आउनु हुने नेकपा(एमाले) सर्लाहीले जनाएको छ ।
एमाले अध्यक्ष ओली सर्लाही आउनु हुने भएपछि एमाले सर्लाहीले विभिन्न उपसमितिहरु गठन गरेर कार्यक्रमको तयारी अघि बढाएको एमाले सर्लाहीका अध्यक्ष राज नारायण साहले बताउनु भयो । अध्यक्ष ओली आउने कार्यक्रममा सकेसम्म धेरै  नेता तथा कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउन कार्यक्रम बनेको एमाले सर्लाहीका अध्यक्ष साहले बताउनु भयो ।
सर्लाही सदरमुकाम मलंगवास्थित कबड हलमा वृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली सर्लाही आउनु हुने एमाले सर्लाहीले जनाएको छ । वृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रम जिल्ला भरबाट ठुलो संख्यामा कार्यकर्ताहरु मलंगवामा उतार्ने तयारी गरिएको हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाद प्रसाईले बताउनु भयो । सोही कार्यक्रममा सर्लाहीको कविलासी नगरपालिकाका नगर प्रमुख लगायत जिल्लाका विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु एमाले प्रवेश गर्ने तयारीमा रहेको नेकपा(एमाले)का नेता मनोज कुमार देवकोटाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार