भन्सार छली गर्ने तस्कर साहको विषयमा समाचार प्रकाशन पछि पत्रकारको चरित्र हत्या

एसपि गौरव    प्रकाशित: २०८०-६-३ गते   ९०७ पटक हेरिएको

हरिवन नगरपालिका ११ स्थित रहेको सन्तोष डिलरको नामले परिचित रोहित एण्ड रितिक ट्रेडर्स प्रा.लिका सञ्चालक सन्तोष साह

सर्लाहीको हरिवन नगरपालिका ११ स्थित रहेको सन्तोष डिलरको नामले परिचित सन्तोष साहले सञ्चालन गरेको रोहित एण्ड रितिक ट्रेडर्स प्रा.लिले भन्सार छलीको ठुलो कारोवार गर्ने गरेको पाइएको छ ।
केही दिन पहिला जिल्ला प्रहरी कार्यालय सर्लाही,सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गणका साथै सशस्त्र प्रहरी सुरक्षा बल नेपाल वेश हरिवन र ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले भन्सार छलीको सामान लिएर आउँदै गर्दा तीन वटा ट्रक सहित ठुलोम मात्रामा भन्सार छलीको सामान बरामद् गरेको थियो ।पछि राजश्ज अनुसन्धान कार्यालय पथलैयाको टोलीले हरिवन नगरपालिका ११ स्थित रहेको सन्तोष डिलरको नामले परिचित सन्तोष साहले सञ्चालन गरेको रोहित एण्ड रितिक ट्रेडर्स प्रा.लि सिल गरेपछि भन्सार छलीको ठुलो कारोबार गर्ने गरेको पाइएको हो ।
सर्लाहीको हरिवन  सहित उदयपुरको कटारीमा पनि यस्तै प्रकारको गोदाम सञ्चालनमा रहेको साहको प्रहरीले नियन्त्रणमा लिएको सामान सहित तीन वटै सवारी साधनहरु राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएकोमा पछि ठुलो आर्थिक चलखेल गरि सो सामान राजश्व अनुसन्धा कार्यालयबाट छुटेको छ ।
सर्लाही प्रहरीले हरिवन नगरपालिका ११ स्थित रहेको सन्तोष डिलरको नामले परिचित सन्तोष साहको रोहित एन्ड रितिक ट्रेडर्स प्रा.लिले ना ५ ख १०८,ना ५ ख ७१८३ र प्रदेश २ ०३ ००१ ख ७३६६ नम्बरका तीन वटा ट्रकमा रातो मोटर,हरियो मोटर,चिनी,दाल,जुटको बोरामा चालम,सुजि पिठो,खानेतेल,चिउरा,चना दाल,पापड,मैदा र काजु गरि ठुलो परिमाणमा बरामद् गरि राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाएको थियो ।
तर ती कुनै पनि सामानहरुको विल विजक नरहेको भएपनि राजश्व अनुसन्धान कार्यालयको टोलीले छाडिनुले ठुलो आर्थिक चलखेल भएको आशंका सुरु भएको छ । त्यसपछि तीनवटा ट्रक र भन्सार छलीका सामानहरुको विषयमा के हुँदै छ ? भन्ने कमलमाई मिडिया प्रा.लिको प्रश्नमा विल भएका सामानहरु र ट्रकलाई सहजै र विल नभएको सामान जरिवाना गराएर छाडिएको कार्यालयका अधिकृत तिर्थ पासवानले बताए ।उनका अनुसार नियन्त्रणमा लिएका सामानहरु र गोदाममा रहेका सामानहरुको सवालमा विभागमा अनुसन्धानको लागि प्रतिवेदन पठाइएको छ ।
त्यसपछि सो समाचार प्रकाशन गरिएको थियो ।पछि हरिवन नगरपालिका ११ स्थित रहेको रोहित एण्ड रितिक ट्रेडर्स प्रा.लिका सञ्चालक सन्तोष डिलरको नामले परिचित सन्तोष साहले आफ्नो र विभिन्न मानिसहरुको सामाजिक सञ्जाल फेशबुकबाट समाचार प्रकाशन गर्ने पत्रकारको चरित्र हत्या गर्ने गरी विभिन्न किसिमका फोटोहरु राखी अर्नगल आरोपहरु लगाउँदै स्टाटस समेत लेखेका छन्।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech