सर्लाहीको बागमतीबाट सखुवाको काठ, बोलेरो गाडि र एक जना गाडि चालकलाई प्रहरलिे नियन्त्रणमा लिएको छ । सर्लाहीको उत्तरी सिमावर्ति क्षेत्र सिन्धुलीबाट ना २ च ६७१२ नम्बरको बोलेरो गाडिमा सखुवाको काठ बोकी लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको हो ।
बोलेरो गाडि सहित अन्दाजी ३०÷३१ क्युफिट सखुवाको गोलिया र बागमती नगरपालिका वडा नं. १२ बस्ने गाडि चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक राजेन्द्र कुमार उपाध्यायले जानकारी दिनु भयो ।
उक्त परिमाणको काठ,गाडि र मानिस नियन्त्रणमा लिइएको र आवश्यक कार्बाही सुरु भएको प्रहरीले जनाएको छ । तस्करहरुले लकडाउनको मौका छोपि काठ चोरी निकासी गरेको सूचनाको अधारमा सखुवाको काठ नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि सव–डिभिजन वन कार्यालय मुर्तियामा बुझाएको प्रहरी निरीक्षक उपाध्यायले जानकारी दिनु भयो ।
पछिल्लो समय प्रहरी अपराध न्युनिकरण गर्न सक्रिय भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख तथा प्रहरी उपरीक्षक संतोष सिंह राठौर आएपछि जिल्लामा अपराधीक गतिविधि न्युनिकरण गर्न प्रहरी सक्रिय भएको हो ।जिल्लामा लागुऔषध कारोबारी, नागरिकता बनाउने गिरोह लगायत अन्य अपराधमा संलग्न व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेका छन ।