Close This

१२० जना चेपाङलाई न्यानाे कपडा वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-११-११ गते   २९०२ पटक हेरिएको

न्यानाे कपडा वितरण गर्दै प्रजिअ गाैतम

सर्लाहीको बागमती नगरपालिका ४ जिरायतमा न्यानाे कपडा वितरण गरिएको छ । बागमती नगरपालिका ४ जिरायतकाे चेपाङ बस्तीका १ सय २० जना चेपाङहरुलाई न्यानाे कपडा वितरण गरिएको आयाेजकले जनाएको छ ।
 बागमती नगरपालिका ४ जिरायतकाे चेपाङ बस्तीका १ सय २० जना चेपाङहरुलाई न्यानाे कपडा वितरण गरिएको सर्लाहीका 
प्रमुख जिल्ला अधिकारी थानेश्वर गाैतमले जानकारी दिनुभयाे । 

न्यानाे कपडा वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गाैतम,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईं,शसस्त्र प्रहरी १० नम्वर हे.क्वा गण सर्लाहीका शसस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी उपरीक्षक भरत खनिँया,अनुसन्धान उप निर्देशक चन्दन झा,बागमती नगरपालिकाकी उप प्रमुख लिला कुमारी माेक्तान लगायतकाे उपस्थितिमा न्यानाे कपडा वितरण गरिएको हाे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech